कुवेतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन  « Khabarhub

कुवेतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन 


२३ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कुवेतमा पनि भेटिएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल-सनदले बुधबार दिएको जानकारी अनुसार ओमिक्रोन केस अफ्रिकी देशहरूबाट आएका मध्ये एक यात्रुमा फेला परेको जानकारी दिएका हुन्।

ती यात्रुले यसअघि नै कोभिड-१९ को दुवै डोज खोप लगाई सकेका थिए । उनी अहिले स्वास्थ्य प्रोटोकल अनुसार संस्थागत क्वारेनटाइनमा रहेको प्रवक्ता डा. अल-सनदलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

उनले हाल, कुवेतमा महामारीको अवस्था स्थिर रहेको जनाउँदै नागरिक र आप्रवासी श्रमिकहरूलाई मन्त्रालयले जारी गरेको निर्देशन पालना गरी भाइरसको फैलावट रोक्न मद्दत गर्न र बुस्टर डोज खोप लिन अनुरोध गरेका छन् ।

कुवेतमा ओमिक्रोनका बिरामी भेटिएसँगै नेपाली कामदारहरूलाई थप सतर्कता अपनाउन तथा सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा अनिवार्य रूपमा मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन नेपाली दूतावासले अनुरोध गरेको छ।

यसअघि खाडी मुलुक साउदी अरब र युएईमा पनि ओमिक्रोन भेटिसकेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : ५२ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर