कुवेतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन  « Khabarhub

कुवेतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन 


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कुवेतमा पनि भेटिएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल-सनदले बुधबार दिएको जानकारी अनुसार ओमिक्रोन केस अफ्रिकी देशहरूबाट आएका मध्ये एक यात्रुमा फेला परेको जानकारी दिएका हुन्।

ती यात्रुले यसअघि नै कोभिड-१९ को दुवै डोज खोप लगाई सकेका थिए । उनी अहिले स्वास्थ्य प्रोटोकल अनुसार संस्थागत क्वारेनटाइनमा रहेको प्रवक्ता डा. अल-सनदलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

उनले हाल, कुवेतमा महामारीको अवस्था स्थिर रहेको जनाउँदै नागरिक र आप्रवासी श्रमिकहरूलाई मन्त्रालयले जारी गरेको निर्देशन पालना गरी भाइरसको फैलावट रोक्न मद्दत गर्न र बुस्टर डोज खोप लिन अनुरोध गरेका छन् ।

कुवेतमा ओमिक्रोनका बिरामी भेटिएसँगै नेपाली कामदारहरूलाई थप सतर्कता अपनाउन तथा सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा अनिवार्य रूपमा मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन नेपाली दूतावासले अनुरोध गरेको छ।

यसअघि खाडी मुलुक साउदी अरब र युएईमा पनि ओमिक्रोन भेटिसकेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ७ : ५२ बजे

‘सरकारले विद्युतलाई महत्व नै दिएन’

ऊर्जा क्षेत्रमा हाम्रा धेरै चुनौती छन् । फाइनान्सदेखि वितरण लाइनहरू,

बिजुलीका पोलबाट इन्टरनेटका तार हटाउन प्राधिकरणको आग्रह

दाङ – तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ – कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

बनियानी – पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ –  वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय