विवाह पञ्चमी : आज रामकलेवा विधिपछि सकिने « Khabarhub

विवाह पञ्चमी : आज रामकलेवा विधिपछि सकिने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी आज सकिने भएको छ ।

आज रामकलेवा विधिपश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ । जन्तीको रुपमा भगवान् रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधु सन्तलाई भोज खुवाउने र दक्षिणासहित बिदाइ गर्नुलाई रामकलेवा विधि भनिन्छ ।

आज सामूहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजको तयारी गरिएको छ । रामकलेवाको क्रममा भारतबाट आएका साधु सन्तलाई जनकपुरकी महिलाहरुले गीतका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराउने परम्परा रहेको छ ।

यसअघि जनकपुरस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान् राम र सिताबिच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । गएराति त्रेता युगमा जस्तै राम र सिताको विवाह गरिदिएर विवाह पञ्चमी मनाइएको हो । विवाह समारोहमा लाखौँ श्रद्धालु सहभागी थिए ।

साधु सन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर हिजो दिउँसो बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंवर गरिएको थियो । ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुटा-छुट्टै निस्केको दुवै डोली बाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंवर गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ९ : ३९ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित