काठमाडौँ– नेपालमा गाँजालाई वैध बनाउने या नबनाउने भन्ने विषयमा बहस भइरहेका बेला यसबारे थुप्रै अध्ययन तथा अनुसन्धानहरू भइरहेका छन् ।
पछिल्लो समय गरिएका विभिन्न अध्ययनमा गाँजाका बारेमा धेरै तथ्यहरू फेला परेका छन् ।
कसैलाई गाँजा स्वास्थ्यका लागि लाभदायक लाग्न सक्छ भने कसैलाई हानिकारक पनि लाग्न सक्छ । यसका धेरै बेफाइदा पनि छन् । साथै केही फाइदा भएको ठहरसहित औषधीको रूपमा गाँजाको प्रयोग गरिँदै आइएको छ ।
पछिल्लो समय गरिएको एक अध्ययनले गाँजाबारे थप तथ्य बाहिर ल्याएको छ, जुन तथ्यप्रति गाँजा सेवनकर्ता सावधान रहन पनि जरुरी छ ।
गाँजा र निन्द्रासम्बन्धी केही रिपोर्ट पछिल्लो समय सार्वजनिक भइरहेका छन् । गाँजा या भाङजन्य पदार्थबारे अध्ययन गरिरहेको एक संस्था रान्ड कर्पोरेसनका विशेषज्ञ वेन्डी ट्रोक्सेल यसरी गाँजा सेवन गर्नेहरूको निन्द्रा कति समय हुन्छ भनेर अध्ययन जारी नै रहेको बताउँछन् ।
ट्रोक्सेल यसमा सही र यथार्थपरक प्रमाणका लागि अझ धेरै मेहनत गर्नुपर्ने बताउँछन् । यसको दानाभन्दा गाँजाको मुना (कलिलो पात/झार)को सेवन झनै हानिकारक ठहरिएको छ ।
यसै साता बीएमजे जर्नलमा प्रकाशित एक अध्ययनअनुसार महिनामा २० दिनभन्दा बढी गाँजा सेवन गर्नेहरू मध्यका २४ प्रतिशत राति ६ घण्टाभन्दा कम समय सुत्न चाहने थिए । यसै गरी, ७४ प्रतिशत राति नौ घण्टाभन्दा बढी सुत्न चाहनेहरू थिए । युएस सेन्टर डिजिट कन्ट्रोल एन्ड प्रिभेन्सनले एउटा स्वस्थ मानिस सात घण्टादेखि आठ घण्टा सुत्नु सबै भन्दा उपयुक्त समय ठहर गरेको छ । यो मापदण्ड अमेरिकाको मात्र नभई स्वास्थ्य मापदण्ड अनुसार सबैका लागि आठ घण्टा सबैभन्दा उपयुक्त समय मानिएको छ ।
२० दिन भन्दा कम गाँजा सेवन गर्नेहरूमा प्रयोग गर्नेहरूमा यसरी छोटो समय सुत्ने समस्या देखिएको थिएन । परन्तु, अध्ययन अनुसार ४७ प्रतिशत व्यक्ति नौ घण्टाभन्दा धेरै सुत्न चाहने थिए ।
अध्ययन अनुसार थोरै समय निदाउनु र लामो समय निदाउनु दुवै कारणले हृदयाघातको जोखिम अत्यधिक बढाउन सक्छ । दीर्घकालीन रूपमा मुटुको धमनीमा यसले समस्या निम्त्याउन पनि सक्छ । छोटो समय निदाउने गर्दा पागलपनको सम्भावना पनि हुने गर्छ । कम निदाउने व्यक्तिमा एक खालको रसायनको उत्पादन हुँदै यसले अल्जाइमरको समस्या पनि निम्त्याउन सक्छ ।
युनिभर्सिटी अफ टोरन्टोका एनेस्थेसीयालोजी तथा पेन मेडिसिनमा रहेर यो अध्ययन गरी रहेका काल्भीन डियापका अनुसार यसरी निन्द्रा अनियन्त्रित हुने मानिसमा अल्पकालीन र दीर्घकालीन दुवै समस्या हुन सक्छ ।
सीडीसीकै तथ्याङ्कअनुसार अमेरिकाका एक तिहाइ व्यक्ति पर्याप्त निदाउँदैनन् । यसै गरी ५० मिलियन अमेरिकी विभिन्न खालको समस्याका कारण राति निदाउने समयमा संघर्ष गरिरहेका छन् । गोडा बाउँडिने, एक्लोपन र निन्द्रा लाग्न कठिन हुने लगायतका अनेकौँ समस्या देखिएका छन् ।
यसरी रातको निन्द्रा बिग्रनुको मुख्य कारणमा उच्च रक्तचाप, कमजोर इम्युन सिस्टम, मोटोपन, खराब मानसिक अवस्था, निराशा र मधुमेह रहेका छन् । यसरी निन्द्रामा समस्या आए यसले हृदयाघात देखि क्यान्सरसम्मको जोखिम पनि बढाउँछ ।
गाँजा सेवन गर्ने २० वर्ष देखि ५९ उमेर समूहका २१ हजार ७ सय २९ जनाको तथ्याङ्क नेसनल हेल्थ एन्ड न्युट्रेसन एक्जामिनेसन सर्भेले तयार पारेको हो । यसले १४६ मिलियन अमेरिकीको पूर्ण प्रतिनिधित्व गर्ने दाबी गरिएको छ ।
डियाप ३० दिन यता झारको प्रयोग गर्नेहरू निदाउनमा केही न केही समस्याको महसुस गरेको बताउँछन् । उनीहरू निन्द्रामा समस्या परेकै कारण चिकित्सकसँग सल्लाह लिन धाउने पनि गरेका छन् ।
डियापले अध्ययनको क्रममा केही संकट पनि देखिएको बताएका छन् । यी समस्या नितान्त व्यक्तिगत हुन् या सबैमा यस खालको समस्या देखिन सक्छ भनेर अझ धेरे अध्ययन आवश्यक भएको उनले बताएका छन् ।
शुरुवाती अध्ययनकै क्रममा गाँजामा पाइने दुई पदार्थ सीबीडी र टीएचसीबारे अध्ययन भइरहेको छ । औषधीको रूपमा प्रयोग गरिने गाँजा या भाङजन्य पदार्थमा सीबीडीको मात्रा हेरेर प्रयोग गरिन्छ ।
सीबीडी भएकै कारण गाँजा औषधीका लागि प्रयोग योग्य मानिएको हो । यसमा रहेको टीएचसी अथवा टेट्राहाइड्रोकानवीयोलले मानिसको मानसिक अवस्थालाई असर गर्छ । यसले मानिसलाई गम्भीर र संवेदनशील बनाउँछ ।
सन् २०१८ मा डबल ब्लाइन्ड प्लेसेबो सर्भे भएको थियो । यो सर्भेका अनुसार स्वास्थ्य व्यक्तिको निन्द्रामा सीबीडीले कुनै असर गरेको पाइएन । यसको मतलब कुनै व्यक्ति पूर्ण रूपमा स्वस्थ छ भने उसलाई निन्द्राका लागि सीबीडीको कुनै आवश्यकता नै पर्दैन । यसै क्रममा भएको अध्ययनले फेला पारेको अर्को तथ्य गाँजा सेवन गर्ने व्यक्तिहरूले यो बानी छाडे पनि निन्द्रामा असर गरेको पाइएको थियो ।
मिनोस्टाको मायो क्लिनिकमा निन्द्रा विशेषज्ञको रूपमा रहेका डा. भानु प्रकाश कोलालले अझै पनि भाङजन्य पदार्थले निन्द्रालाई सहयोग गरिरहेको यथेष्ट प्रमाण नभेटिइसकेका बताएका छन् । कोलाले भाङले छिटो प्रतिक्रिया जनाउने भएका कारण यो सेवन गर्ने व्यक्तिलाई तत्काल असर गर्ने या यसको फाइदा पनि देखिने गरेको छ ।
दीर्घकालीन रूपमा यसको सेवन निन्द्राकै लागि कति उपयुक्त भन्ने ठहर गर्नका लागि लामो समयको अध्ययन आवश्यक रहेको उनको मत छ ।
यसका बाबजुद धेरै सेवनकर्ताहरू गाँजाको झारले निन्द्रामा असर गर्ने आफ्नो विश्वासमा अडिग छन् । डियाप भने थेरापीको रूपमा प्रयोग गर्ने र अन्य प्रयोगकर्ताका बीचमा हुने अध्ययन र अनुसन्धानबीच केही फरक भएको हुन सक्ने बताउँछन् । उनी यसमा तारतम्य मिलाउन केही समय कुर्नुपर्ने बताउँछन् ।
डा. कोला लामो समय सेवन गरेकाहरूले एक्कासी प्रयोग गर्न छाड्दा यसको सेवन र यसका तत्त्वले गरेको असरबाट मुक्ति पाउन केही समय लाग्ने यसले निन्द्रालाई पनि असर गरेको हुन सक्ने बताउँछन् । लागेको आदत छाडे पछि हुने असरलाई नै धेरैले गाँजाले निन्द्रामा सहयोग गरेको भनेर बुझिरहेको पनि हुन सक्छ ।
युनिभर्सिटी अफ टोरन्टोमा एनेस्थेसियोलोजी तथा पेन म्यानेजमेन्ट विभागकी क्लिनिकल वैज्ञानिक डा. करिम लाधा गाँजा र भाङजन्य पदार्थको अध्ययनका साथै यसका झार र बोटबिरुवाको उपयोग बारेको थुप्रै अध्ययन अहिले पनि भइरहेको बताउँछिन् । लाधाका अनुसार यी धेरै डाटाहरू बिरामीले अहिले प्रयोग गरिरहेको भाङजन्य पदार्थको मात्राभन्दा कमको आधारमा भएकाले अन्य अध्ययन हुन जरुरी छ ।
धेरै जनसङ्ख्याको आधारमा भएको डाटाले नै सबै कुरा बताउने भए पनि अहिलेको यो अध्ययन व्यक्तिगत तहमा भइरहेको लाधाको अनुभव छ । ‘गाँजाले हाम्रो निन्द्रालाई हानी गर्न सक्छ । तर, सहयोग गर्ने सम्भावना पनि छ । यसकारण लामो अध्ययन जरुरी छ,’ लाधाले भनेकी छिन् ।
उनका अनुसार अहिले थुप्रै बिरामीहरू गाँजा पाउनका लागि पैसा खर्च गरिरहेका छन् । यसकारण मेडिकल समुदाय यसको वास्तविकता पत्ता लगाउन र बिरामीलाई सही निर्देश गर्न सचेत हुनुपर्ने उनको धारणा छ ।
गाँजाका बारे थुप्रै अध्ययन भइरहे पनि के सत्य हो भने यसमा रहेको टीएचसी मानिसको मस्तिष्कका लागि घातक हुन सक्छ । मस्तिष्कमा टिएचसीको प्रवेशसँगै मस्तिष्कले कुनै कुरा स्मरण गर्नका लागि तयार भएको सन्तुलनमा असर गर्ने र बिस्तारै यसले नकारात्मक असर गर्ने सम्भावना प्रबल रहेको छ ।
नेदरल्यान्डमा भएको एक अध्ययनअनुसार मानसिक रूपमा कमजोर व्यक्तिले भाङजन्य पदार्थको सेवन गरे चाँडो डिप्रेसनमा जाने र यसले उनीहरूको जीवन नै बरबाद समेत हुनसक्ने चेतावनी दिएका छन् ।
एन्जाइटी र डराउने समस्या पनि गाँजाले उत्पन्न गर्न सक्छ । गाँजाका थुप्रै हानी र बेफाइदा छन् । तथापि विश्वव्यापी रूपमा चिकित्सकले निश्चित समयमा प्रेस्काइब गर्ने प्रचलन पनि छ ।
चिकित्सकको प्रेस्काइब उनीहरूकै सल्लाहअनुसार यो सेवन गर्दा ठिक धेरै फाइदा हुन्छ या हुँदैन ? भन्नेबारे पनि अहिले अध्ययनहरू भइरहेका छन् ।
प्रतिक्रिया