चिकित्सकको सल्लाहविना भाङजन्य पदार्थ सेवन गर्नु घातक | Khabarhub Khabarhub

चिकित्सकको सल्लाहविना भाङजन्य पदार्थ सेवन गर्नु घातक


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा गाँजालाई वैध बनाउने या नबनाउने भन्ने विषयमा बहस भइरहेका बेला यसबारे थुप्रै अध्ययन तथा अनुसन्धानहरू भइरहेका छन् ।

पछिल्लो समय गरिएका विभिन्न अध्ययनमा गाँजाका बारेमा धेरै तथ्यहरू फेला परेका छन् ।

कसैलाई गाँजा स्वास्थ्यका लागि लाभदायक लाग्न सक्छ भने कसैलाई हानिकारक पनि लाग्न सक्छ । यसका धेरै बेफाइदा पनि छन् । साथै केही फाइदा भएको ठहरसहित औषधीको रूपमा गाँजाको प्रयोग गरिँदै आइएको छ ।

पछिल्लो समय गरिएको एक अध्ययनले गाँजाबारे थप तथ्य बाहिर ल्याएको छ, जुन तथ्यप्रति गाँजा सेवनकर्ता सावधान रहन पनि जरुरी छ ।

गाँजा र निन्द्रासम्बन्धी केही रिपोर्ट पछिल्लो समय सार्वजनिक भइरहेका छन् । गाँजा या भाङजन्य पदार्थबारे अध्ययन गरिरहेको एक संस्था रान्ड कर्पोरेसनका विशेषज्ञ वेन्डी ट्रोक्सेल यसरी गाँजा सेवन गर्नेहरूको निन्द्रा कति समय हुन्छ भनेर अध्ययन जारी नै रहेको बताउँछन् ।

ट्रोक्सेल यसमा सही र यथार्थपरक प्रमाणका लागि अझ धेरै मेहनत गर्नुपर्ने बताउँछन् । यसको दानाभन्दा गाँजाको मुना (कलिलो पात/झार)को सेवन झनै हानिकारक ठहरिएको छ ।

यसै साता बीएमजे जर्नलमा प्रकाशित एक अध्ययनअनुसार महिनामा २० दिनभन्दा बढी गाँजा सेवन गर्नेहरू मध्यका  २४ प्रतिशत राति ६ घण्टाभन्दा कम समय सुत्न चाहने थिए । यसै गरी, ७४ प्रतिशत राति नौ घण्टाभन्दा बढी सुत्न चाहनेहरू थिए । युएस सेन्टर डिजिट कन्ट्रोल एन्ड प्रिभेन्सनले एउटा स्वस्थ मानिस सात घण्टादेखि आठ घण्टा सुत्नु सबै भन्दा उपयुक्त समय ठहर गरेको छ । यो मापदण्ड अमेरिकाको मात्र नभई स्वास्थ्य मापदण्ड अनुसार सबैका लागि आठ घण्टा सबैभन्दा उपयुक्त समय मानिएको छ ।

२० दिन भन्दा कम गाँजा सेवन गर्नेहरूमा प्रयोग गर्नेहरूमा यसरी छोटो समय सुत्ने समस्या देखिएको थिएन । परन्तु, अध्ययन अनुसार ४७ प्रतिशत व्यक्ति नौ घण्टाभन्दा धेरै सुत्न चाहने थिए ।

अध्ययन अनुसार थोरै समय निदाउनु र लामो समय निदाउनु दुवै कारणले हृदयाघातको जोखिम अत्यधिक बढाउन सक्छ । दीर्घकालीन रूपमा मुटुको धमनीमा यसले समस्या निम्त्याउन पनि सक्छ । छोटो समय निदाउने गर्दा पागलपनको सम्भावना पनि हुने गर्छ । कम निदाउने व्यक्तिमा एक खालको रसायनको उत्पादन हुँदै यसले अल्जाइमरको समस्या पनि निम्त्याउन सक्छ ।

युनिभर्सिटी अफ टोरन्टोका एनेस्थेसीयालोजी तथा पेन मेडिसिनमा रहेर यो अध्ययन गरी रहेका काल्भीन डियापका अनुसार यसरी निन्द्रा अनियन्त्रित हुने मानिसमा अल्पकालीन र दीर्घकालीन दुवै समस्या हुन सक्छ ।

सीडीसीकै तथ्याङ्कअनुसार अमेरिकाका एक तिहाइ व्यक्ति पर्याप्त निदाउँदैनन् । यसै गरी ५० मिलियन अमेरिकी विभिन्न खालको समस्याका कारण राति निदाउने समयमा संघर्ष गरिरहेका छन् । गोडा बाउँडिने, एक्लोपन र निन्द्रा लाग्न कठिन हुने लगायतका अनेकौँ समस्या देखिएका छन् ।

यसरी रातको निन्द्रा बिग्रनुको मुख्य कारणमा उच्च रक्तचाप, कमजोर इम्युन सिस्टम, मोटोपन, खराब मानसिक अवस्था, निराशा र  मधुमेह रहेका छन् । यसरी निन्द्रामा समस्या आए यसले हृदयाघात देखि क्यान्सरसम्मको जोखिम पनि बढाउँछ ।

गाँजा सेवन गर्ने २० वर्ष देखि ५९ उमेर समूहका २१ हजार ७ सय २९ जनाको तथ्याङ्क नेसनल हेल्थ एन्ड न्युट्रेसन एक्जामिनेसन सर्भेले तयार पारेको हो । यसले १४६ मिलियन अमेरिकीको पूर्ण प्रतिनिधित्व गर्ने दाबी गरिएको छ ।

डियाप ३० दिन यता झारको प्रयोग गर्नेहरू निदाउनमा केही न केही समस्याको महसुस गरेको बताउँछन् । उनीहरू निन्द्रामा समस्या परेकै कारण चिकित्सकसँग सल्लाह लिन धाउने पनि गरेका छन् ।

डियापले अध्ययनको क्रममा केही संकट पनि देखिएको बताएका छन् । यी समस्या नितान्त व्यक्तिगत हुन् या सबैमा यस खालको समस्या देखिन सक्छ भनेर अझ धेरे अध्ययन आवश्यक भएको उनले बताएका छन् ।

शुरुवाती अध्ययनकै क्रममा गाँजामा पाइने दुई पदार्थ सीबीडी र टीएचसीबारे अध्ययन भइरहेको छ । औषधीको रूपमा प्रयोग गरिने गाँजा या भाङजन्य पदार्थमा सीबीडीको मात्रा हेरेर प्रयोग गरिन्छ ।

सीबीडी भएकै कारण गाँजा औषधीका लागि प्रयोग योग्य मानिएको हो ।  यसमा रहेको टीएचसी अथवा टेट्राहाइड्रोकानवीयोलले मानिसको मानसिक अवस्थालाई असर गर्छ । यसले मानिसलाई गम्भीर र संवेदनशील बनाउँछ ।

सन् २०१८ मा डबल ब्लाइन्ड प्लेसेबो सर्भे भएको थियो । यो सर्भेका अनुसार स्वास्थ्य व्यक्तिको निन्द्रामा सीबीडीले कुनै असर गरेको पाइएन । यसको मतलब कुनै व्यक्ति पूर्ण रूपमा स्वस्थ छ भने उसलाई निन्द्राका लागि सीबीडीको कुनै आवश्यकता नै पर्दैन । यसै क्रममा भएको अध्ययनले फेला पारेको अर्को तथ्य गाँजा सेवन गर्ने व्यक्तिहरूले यो बानी छाडे पनि निन्द्रामा असर गरेको पाइएको थियो ।

मिनोस्टाको मायो क्लिनिकमा निन्द्रा विशेषज्ञको रूपमा रहेका डा. भानु प्रकाश कोलालले अझै पनि भाङजन्य पदार्थले निन्द्रालाई सहयोग गरिरहेको यथेष्ट प्रमाण नभेटिइसकेका बताएका छन् । कोलाले भाङले छिटो प्रतिक्रिया जनाउने भएका कारण यो सेवन गर्ने व्यक्तिलाई तत्काल असर गर्ने या यसको फाइदा पनि देखिने गरेको छ ।

दीर्घकालीन रूपमा यसको सेवन निन्द्राकै लागि कति उपयुक्त भन्ने ठहर गर्नका लागि लामो समयको अध्ययन आवश्यक रहेको उनको मत छ ।

यसका बाबजुद धेरै सेवनकर्ताहरू गाँजाको झारले निन्द्रामा असर गर्ने आफ्नो विश्वासमा अडिग छन् । डियाप भने थेरापीको रूपमा प्रयोग गर्ने र अन्य  प्रयोगकर्ताका बीचमा हुने अध्ययन र अनुसन्धानबीच केही फरक भएको हुन सक्ने बताउँछन् । उनी यसमा तारतम्य मिलाउन केही समय कुर्नुपर्ने बताउँछन् ।

डा. कोला लामो समय सेवन गरेकाहरूले एक्कासी प्रयोग गर्न छाड्दा यसको सेवन र यसका तत्त्वले गरेको असरबाट मुक्ति पाउन केही समय लाग्ने यसले निन्द्रालाई पनि असर गरेको हुन सक्ने बताउँछन् । लागेको आदत छाडे पछि हुने असरलाई नै धेरैले गाँजाले निन्द्रामा सहयोग गरेको भनेर बुझिरहेको पनि हुन सक्छ ।

युनिभर्सिटी अफ टोरन्टोमा एनेस्थेसियोलोजी तथा पेन म्यानेजमेन्ट विभागकी क्लिनिकल वैज्ञानिक डा. करिम लाधा गाँजा र भाङजन्य पदार्थको अध्ययनका साथै यसका झार र बोटबिरुवाको उपयोग बारेको थुप्रै अध्ययन अहिले पनि भइरहेको बताउँछिन् । लाधाका अनुसार यी धेरै डाटाहरू बिरामीले अहिले प्रयोग गरिरहेको भाङजन्य पदार्थको मात्राभन्दा कमको आधारमा भएकाले अन्य अध्ययन हुन जरुरी  छ ।

धेरै जनसङ्ख्याको आधारमा भएको डाटाले नै सबै कुरा बताउने भए पनि अहिलेको यो अध्ययन व्यक्तिगत तहमा भइरहेको लाधाको अनुभव छ । ‘गाँजाले हाम्रो निन्द्रालाई हानी गर्न सक्छ । तर, सहयोग गर्ने सम्भावना पनि छ । यसकारण लामो अध्ययन जरुरी छ,’ लाधाले भनेकी छिन् ।

उनका अनुसार अहिले थुप्रै बिरामीहरू गाँजा पाउनका लागि पैसा खर्च गरिरहेका छन् । यसकारण मेडिकल समुदाय यसको वास्तविकता पत्ता लगाउन र बिरामीलाई सही निर्देश गर्न सचेत हुनुपर्ने उनको धारणा छ ।

गाँजाका बारे थुप्रै अध्ययन भइरहे पनि के सत्य हो भने यसमा रहेको टीएचसी मानिसको मस्तिष्कका लागि घातक हुन सक्छ । मस्तिष्कमा टिएचसीको प्रवेशसँगै मस्तिष्कले कुनै कुरा स्मरण गर्नका लागि तयार भएको सन्तुलनमा असर गर्ने र बिस्तारै यसले नकारात्मक असर गर्ने सम्भावना प्रबल रहेको छ ।

नेदरल्यान्डमा भएको एक अध्ययनअनुसार मानसिक रूपमा कमजोर व्यक्तिले भाङजन्य पदार्थको सेवन गरे चाँडो डिप्रेसनमा जाने र यसले उनीहरूको जीवन नै बरबाद समेत हुनसक्ने चेतावनी दिएका छन् ।

एन्जाइटी र डराउने समस्या पनि गाँजाले उत्पन्न गर्न सक्छ । गाँजाका थुप्रै हानी र बेफाइदा छन् । तथापि विश्वव्यापी रूपमा चिकित्सकले निश्चित समयमा प्रेस्काइब गर्ने प्रचलन पनि छ ।

चिकित्सकको प्रेस्काइब  उनीहरूकै सल्लाहअनुसार यो सेवन गर्दा ठिक धेरै फाइदा हुन्छ या हुँदैन ? भन्नेबारे पनि अहिले अध्ययनहरू भइरहेका छन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १० : ०० बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ