प्रकाशमान सभापतिको उम्मेदवारीबाट पछि नहट्ने « Khabarhub

प्रकाशमान सभापतिको उम्मेदवारीबाट पछि नहट्ने


२३ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्।

काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले भोलि सुरु हुने १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका हुन्।

संस्थापनइतरबाट आफू नै साझा उम्मेदवार हुने उनको दाबी छ । ‘सभापतिमा उठ्नका लागि म जेन्युइन तरिकाले लागेको छु,’ उनले भने, कुनै हालतमा पछि हट्दिनँ।’

मंगलबारदेखि निरन्तर छलफल जारी रहे पनि इतरसमूहका शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा साझा उम्मेदवार तय हुन सकेको छैन ।

सो समूहबाट नेता सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरेका छन्।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १० : ५७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर