काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतको ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको बिमोचन गरिएको छ ।
पुस्तकको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले लैनचौर बैंक्वेटमा आयोजित एक समारोहमा बिमोचन गरे ।
बिमोचन समारोहमा बोल्दै सहमहामन्त्री महतले बीपी कोईराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नितिबारे लेखिएको डिग्रीको शोधपत्रलाई पुस्तकको रुप दिएको जानकारी दिए ।
तत्कालीन समयमा थेसिस लेख्दा सन्दर्भ सामग्री जुटाउन समस्या परेको उनले स्मरण गरे । उनले कांग्रेस प्रतिबन्धित बनेको समयमा २०१७ सालमा राज्यले जफत गरेका सन्दर्भ सामग्रीको प्रयोग गरेको बताए छन् ।
प्रतिक्रिया