सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउने प्रयत्न भइरहेको छ : देउवा « Khabarhub

सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउने प्रयत्न भइरहेको छ : देउवा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए । त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ ।

उनले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गरेका छन् । उनले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने उल्लेख गर्दै उनले हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने देउवाले बताए ।

सहमहामन्त्री महतले बीपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको आफ्नो डिग्रीको शोधपत्रलाई  पुस्तकको रुप दिएको जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १२ : ०१ बजे

फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने

काठमाडौँ- नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै 

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक 

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १४ गते मंगलबारका