एकैसाथ ३ फरक भूमिकामा देखिँदै नेपग्याजमका कमेडियन लेखमणि | Khabarhub Khabarhub

एकैसाथ ३ फरक भूमिकामा देखिँदै नेपग्याजमका कमेडियन लेखमणि


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय चर्चामा रहेको नेपाली स्ट्यान्डअप कमेडी विगत ५ वर्षदेखि निरन्तर रुपमा दर्शकले हेर्न पाएका छन् ।

यसका आफ्नै दर्शक तथा स्रोता छन् । कमेडियनहरूले नेपग्याजम कमेडी विधामा फरक–फरक प्रयोग गर्दै आएको छ ।

युवावर्गलाई लक्षित गर्दै नेपग्याजमले रोस्ट, र्‍याप ब्याटल तथा नेपग्याजम विधामा ‘नाटकै हो’ मार्फत मनोरञ्जन प्रदान गर्दै आएको छ ।

हालै मात्र यो टिमले ७ जनाको टोलीलाई समेटेर फरक प्रयोगसहित नयाँ श्रृङ्खला सार्वजनिक गर्न लागेको छ । सो श्रृङ्खलाको ट्रेलर हालै सार्वजनिक गरिएको हो ।

ट्रेलरमा कलाकार लेखमणि त्रिताल आफै तीन फरक पात्र (लेखमणी त्रिताल, रमेश अंकलको छोरो र रमेश चाचा के लैका) लाई एउटै स्क्रिनमा एकअर्कालाई मजाकमा उडाएको देख्न सकिन्छ ।

उक्त ट्रेलरले अहिले चर्चा कमाइरहेको छ । पूरा श्रृङ्खला हेर्न आतुर रहेको दर्शकले प्रतिक्रिया दिएका छन् ।

युवाहरुमाझ अत्याधिक रुचाइएका नेपग्याजमका चर्चित स्ट्याण्डअप कमेडियन लेखमणी त्रितालले आफ्ना स्ट्याण्डअप कमेडीका सामाग्रीहरुमा आफ्नो साथी रमेश अंकल छोरोको प्रशङ्ग, उसको हाउभाउ, उसको उत्पट्याङ लवज तथा घटनाहरुलाई भिडियोमा समावेश गर्दै आएका छन् भने रमेश चाचा के लैकालाई तराईको पात्रको रुपमा देखाइएको छ ।

नेपग्याजमका व्यवस्थापकीय निर्देशन आशिष शाहीले भने, ‘ठ्याक्कै त भन्न सकिन्न तर जारी सामाग्री सम्भवत यस वर्गको हास्य सामाग्री विधाहरुमा नेपालमैं यो पहिलो प्रयोग हुनसक्छ, नेपग्याजमको परिकल्पना र लेखमणी त्रितालको लेखनमा यो सामाग्री हामीले तयार पारेका हौँ ।’

रोस्ट एण्ड र्‍याप ब्याटलको यो विशेष श्रृंखलामा तीनवटा भूमिकामा देखिएका कलाकार त्रिताल भन्छन्, ‘मलाई धेरै अघिदेखि आफूले अभिनय गरेका पात्रहरुलाई एउटै स्क्रिनमा ल्याउने मन थियो, विभिन्न कारणले गर्दा काम गर्न सकिएको थिइएन । केही दिनअघि साथीहरुको बसाइमा ट्रिपल रोल गर्ने कुरो भयो र सामाग्री तयार पनि गर्यौँ, म उत्साहित छु, मिहिनेत साथ यसको उत्पादन तथा सम्पादनमा एउटा राम्रो अभ्यास गरेका छौँ, पहिलो ट्रेलरमा दर्शकले देखाउनुभएको प्रतिक्रिया तथा जोश हेर्न लायक छ । मलाइ आशा छ फाइनल सामाग्रीले यहाँहरुलाई मनोरञ्जन प्रदान गर्नेछ ।”

यो ब्याटलको पूरा भिडियो आज (बिहीवार) साँझ नेपग्याजमको आधिकारिक युट्युब च्यानलमा रिलिज गरिने नेपग्याजमले जनाएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  २ : २४ बजे

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार)

गाउँपालिकाको लगानीले एसईई नतिजामा सुधार

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण

झापा– ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ

असार तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध

पर्सा– पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१–०८२ मा