एकैसाथ ३ फरक भूमिकामा देखिँदै नेपग्याजमका कमेडियन लेखमणि « Khabarhub

एकैसाथ ३ फरक भूमिकामा देखिँदै नेपग्याजमका कमेडियन लेखमणि


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय चर्चामा रहेको नेपाली स्ट्यान्डअप कमेडी विगत ५ वर्षदेखि निरन्तर रुपमा दर्शकले हेर्न पाएका छन् ।

यसका आफ्नै दर्शक तथा स्रोता छन् । कमेडियनहरूले नेपग्याजम कमेडी विधामा फरक–फरक प्रयोग गर्दै आएको छ ।

युवावर्गलाई लक्षित गर्दै नेपग्याजमले रोस्ट, र्‍याप ब्याटल तथा नेपग्याजम विधामा ‘नाटकै हो’ मार्फत मनोरञ्जन प्रदान गर्दै आएको छ ।

हालै मात्र यो टिमले ७ जनाको टोलीलाई समेटेर फरक प्रयोगसहित नयाँ श्रृङ्खला सार्वजनिक गर्न लागेको छ । सो श्रृङ्खलाको ट्रेलर हालै सार्वजनिक गरिएको हो ।

ट्रेलरमा कलाकार लेखमणि त्रिताल आफै तीन फरक पात्र (लेखमणी त्रिताल, रमेश अंकलको छोरो र रमेश चाचा के लैका) लाई एउटै स्क्रिनमा एकअर्कालाई मजाकमा उडाएको देख्न सकिन्छ ।

उक्त ट्रेलरले अहिले चर्चा कमाइरहेको छ । पूरा श्रृङ्खला हेर्न आतुर रहेको दर्शकले प्रतिक्रिया दिएका छन् ।

युवाहरुमाझ अत्याधिक रुचाइएका नेपग्याजमका चर्चित स्ट्याण्डअप कमेडियन लेखमणी त्रितालले आफ्ना स्ट्याण्डअप कमेडीका सामाग्रीहरुमा आफ्नो साथी रमेश अंकल छोरोको प्रशङ्ग, उसको हाउभाउ, उसको उत्पट्याङ लवज तथा घटनाहरुलाई भिडियोमा समावेश गर्दै आएका छन् भने रमेश चाचा के लैकालाई तराईको पात्रको रुपमा देखाइएको छ ।

नेपग्याजमका व्यवस्थापकीय निर्देशन आशिष शाहीले भने, ‘ठ्याक्कै त भन्न सकिन्न तर जारी सामाग्री सम्भवत यस वर्गको हास्य सामाग्री विधाहरुमा नेपालमैं यो पहिलो प्रयोग हुनसक्छ, नेपग्याजमको परिकल्पना र लेखमणी त्रितालको लेखनमा यो सामाग्री हामीले तयार पारेका हौँ ।’

रोस्ट एण्ड र्‍याप ब्याटलको यो विशेष श्रृंखलामा तीनवटा भूमिकामा देखिएका कलाकार त्रिताल भन्छन्, ‘मलाई धेरै अघिदेखि आफूले अभिनय गरेका पात्रहरुलाई एउटै स्क्रिनमा ल्याउने मन थियो, विभिन्न कारणले गर्दा काम गर्न सकिएको थिइएन । केही दिनअघि साथीहरुको बसाइमा ट्रिपल रोल गर्ने कुरो भयो र सामाग्री तयार पनि गर्यौँ, म उत्साहित छु, मिहिनेत साथ यसको उत्पादन तथा सम्पादनमा एउटा राम्रो अभ्यास गरेका छौँ, पहिलो ट्रेलरमा दर्शकले देखाउनुभएको प्रतिक्रिया तथा जोश हेर्न लायक छ । मलाइ आशा छ फाइनल सामाग्रीले यहाँहरुलाई मनोरञ्जन प्रदान गर्नेछ ।”

यो ब्याटलको पूरा भिडियो आज (बिहीवार) साँझ नेपग्याजमको आधिकारिक युट्युब च्यानलमा रिलिज गरिने नेपग्याजमले जनाएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  २ : २४ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक