न्युजिल्यान्डमा धुमपान प्रतिबन्ध लगाइँदै, सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने « Khabarhub

न्युजिल्यान्डमा धुमपान प्रतिबन्ध लगाइँदै, सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ ।

धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हव । सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।

‘सरकारले युवाहरुलाई धुमापनबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा.आयसा भरलले भने ।

सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धुमपानमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत गरेका छन् ।

‘सरकारको कदमले सूर्तिजन्य पर्दाथ विक्रीमा कमी आउने र कम हानिकारक उत्पादन उपभोग गर्न सहयोग गर्नेछ । सरकारको पछिल्लो कदमले युवाहरुलाई कूलतबाट पनि जोगाउनेछ,’ युनिभर्सिटी अफ ओटागोका प्राध्यापक जेनेट हुकले भने ।

न्युजिल्यान्डले धुमपानको राष्ट्रिय दरलाई सन् २०२५ सम्ममा ५ प्रतिशतमा झार्ने र त्यसपछि विस्तारै निर्मूल गर्ने सरकारले लक्ष्य राखेको छ ।

अहिले न्युजिल्यान्डका १३ प्रतिशत वयस्कले धुमपान गर्छन् । एक दशकअघिसम्म १८ प्रतिशतले धुमपान गर्दथे । तर, आदिवासी जनजाति समुदायमा भने यो दर उच्च छ । धुमपानकै कारण ३१ प्रतिशत जनजाति धुमपानका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित छन् ।

धुमपानका कारण न्युजिल्यान्डका हरेक चार जनामध्ये एक जनामा क्यान्सर हुने गरेको र सूर्तिजन्य पर्दाथका कारण ५० लाख मानिसमा स्वास्थ्य समस्या आएको जनाइएको छ ।

सरकारको नयाँ योजनाअन्तर्गत सूर्तिजन्य पदार्थ विक्री गर्ने पसलहरुलाई आठ हजारबाट ५०० मा झार्ने तयारी छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ३ : ४० बजे

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै