सभापतिमा मेरो दावी कायम छ : डा शशांक « Khabarhub

सभापतिमा मेरो दावी कायम छ : डा शशांक


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले सभापति पदका लागि आफ्नो दावी कायमै रहेको बताएका छन् ।

शशांकले सहमति हुने अवस्था सिर्जना हुँदा मात्रै आफू त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘कोही एक जनाको नाममा सहमति हुँदा आफू बाधक नबन्ने भनेको हुँ । मेरो त्यागलाई अरुले अवसरमा परिणत गर्ने र एक भन्दा बढीले उम्मेदवारी दिने हो भने मेरो त्यागको अर्थ रहँदैन ।’

सभापतिको दौडबाट बाहिरिएको सन्देश दिएका महामन्त्री शशांकको यो अभिव्यक्तिसँगै संस्थापन इतर समूहमा फेरि सभापतिमा सहमतिको सम्भावना कम हुँदै गएको छ ।

शशांकले भने, ‘रामचन्द्रजीमा सहमति गरौं भन्ने कुरामा साथीहरु सहमत हुन सक्नु भएन । म बाधक बन्दिनँ भनेर मैले सहमतिमा जोड दिन खोजेको हो । त्यो नभएपछि मैले सभापतिको दौड त्याग्नुको अर्थ भएन ।’

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ६ : २७ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६