कांग्रेस महाधिवेशन : पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा « Khabarhub

कांग्रेस महाधिवेशन : पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहीबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन् ।

महाधिवेशन स्थल हेर्न आएका अधिकांश मानिसहरूको अनुहारमा छुट्टै उमङ्ग थियो, खुसी अनि रमाएका देखिन्थे । तर, नौ महिने दुधे छोरी पिठ्युँमा बोकेर फोहोर उठाउँदै हिँडेकी देउलाको अनुहारमा भने उमङ्ग हैन, जिम्मेवारी र बाध्यताको पिरलो देखिन्थ्यो ।

काभ्रे घर भई विगत ११ वर्षदेखि काठमाडौँ बस्दै आएकी देउला महाधिवेशन स्थलमा फोहोर उठाउन आएकी हुन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनी नौ महिने छोरी पिठ्युँमा बोकेर महाधिवेशन स्थलको फोहोर उठाउन हुन् । उनले फोहोर उठाएवापत दैनिक ६०० रुपैँयामा पाउँछिन् ।

‘मेरो श्रीमान् पनि फोहोर उठाउनु हुुन्छ । म पाएसम्म ज्याला मजदुुरी गर्थेँ, मेला जान्थेँ । अहिले यतिकै बसिरहेके थिएँ आमाजूले फोहोर उठाउन जाउँ भन्नुभयो । यहाँ काम गरे पैसा कमाइन्छ, त्यसैले आएँ’, उनी भन्छिन् ।

सानी छोरीको हेरचाह गर्न घरमा कोही नभएपछि बोकेरै उनी काममा आएको बताइन् । गरिबी र जिम्मेवारीको भारीले थिचेपछि पिठ्युुँमा छोरी बोकेर काम गर्दा पनि उनलाई गाह्रो महसुस भने नभएको बताउँछिन् । उनी भन्छिन्, ‘गाह्रो भएको छैन । काम गर्नै पर्‍यो । घरमा छोरी हेर्ने मान्छे छैनन् । काम पाएको बेला नगरी भएन त्यसैले बोकेर आएको ।’

देउलाकी १० वर्षीया अर्की छोरी पनि छिन् । उनी काठमाडौंकै एक विद्यालयमा कक्षा चारमा पढ्छिन् । दुई छोरीसहित देउलीको परिवारमा चारजना छन् । उनीहरूको परिवारको हात मुख फोहोर उठाएर आएको पैसाले नै जोडिन्छ । यसबाहेक उनीहरूको अन्य कुुनै आयस्रोत छैन् । उनी भन्छिन्, ‘अरुले यस्तै कार्यक्रमहरूमा फोहोर उठाउने जिम्मा लिन्छन्, बुढा त्यहीँ काम गर्नुहुन्छ । म पनि मिलेसम्म गर्छु । यसैले घरखर्च चलाइरहेका छौँ ।’

कांग्रेसको महाधिवेशन नभएको भए अहिले रुमा कोठामै बसिरहेकी हुन्थिन् । तर, महाधिवेशन भएकाले काम पाएपछि उनी दंग छिन् । ‘आज बिहान ७ बजेदेखि आएको हो । बेलुका ५ बजेसम्म काम गर्छु । कार्यक्रम नसकिएसम्म सधैँ यही काम गर्न आउने हो । दिनको ६०० रुपैँया कमाइ हुन्छ । जम्माजम्मी तीनरचार हजार कमाइन्छ होला’, उनी सुनाउँछिन् । न्यूजकारखाना

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ७ : ४४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल