प्रसूति व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरबाट उद्धार « Khabarhub

प्रसूति व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरबाट उद्धार


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङकी एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका बिष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च वेहोर्ने गरी बिहीबार हेलिकोप्टरमार्फत उद्धार गरेर सुविधायुक्त अस्पताल लगिएको हो ।

प्रसूति व्यथा लागेपछि बुधबार राति स्वास्थ्यचौकी सावाकटहरेमा भर्ना भएकी विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट प्रसूतिगृह थापाथली पठाइएको हो । स्वास्थ्यमा जटिलता उत्पन्न भएकाले तत्काल सुविधासम्पन्न अस्पताल लैजानु पर्ने चिकित्कको सुझाबअनुसार जिल्ला अस्पतालको सिफारिसमा प्रशासन कार्यालयमार्फत हेलिकोप्टर झिकाएर उद्धार गरेको स्वास्थ्यचौकी सावाकटहरेका प्रमुख अहेव रामकुमार मग्रातीले बताए ।

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर व्यवस्था गर्न सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले प्रसव वेदनाले छट्पटाइरहेकी गर्भवतीको उद्धारमा हेलिकोप्टर पठाएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : २० बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा