कांग्रेस महाधिवेशन : व्यवस्थापकीय तयारी पूरा, उम्मेदवारीमा हानथाप (भिडियो) | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : व्यवस्थापकीय तयारी पूरा, उम्मेदवारीमा हानथाप (भिडियो)


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा छ । शुक्रबार सुरु हुने कांग्रेसको महाधिवेशनका लागि प्रचारप्रसार गर्नेदेखि मञ्च निर्माण गर्नेसम्मका कामले तिब्रता पाएका छन् ।

महाधिवेशनकै लागि काठमाडौँ जिल्लाभित्र विभिन्न स्थानमा करिब ५० वटा स्वगत गेट  निर्माण गरिएको छ भने करिब दश हजार झण्डा लगाइएको छ । त्यस्तै विभिन्न ठाँउमा ब्यानरहरु पनि राखिएका छन् ।

दश हजार झण्डामध्ये पाँच हजार पार्टीको झण्डा र पाँच हजार चुनाव चिन्ह (रुख)को झण्डा राखिएको उद्घाटन समारोह एव्म मञ्च व्यवस्थापन समितिको जिम्मा पाएका कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले बताए ।

उनका अनुसार विहीबार राति १० बजेसम्म मञ्च निर्माणको सबै काम सकिन्छ भने माला सजावटको काम पनि भोली बिहान ११ बजेसम्म सकिन्छ ।

महाधिवेशनको उद्घाटन भोली दिउँसो १ः०० बजे हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

महाधिवेशन कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिने छ ।

त्यस्तै २५ गते बिहान १० बजेदेखि बेलुका ५ः०० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता र साँझा ५ः०० बजेदेखि ७ः०० बजेसम्म मनोनय दार्ता उपर दाबी गर्न सकिने छ । सोही दिन बेलुका ७ः०० बजेदेखि ९ः०० बजेसम्म दाबी विरोध उपर निर्णय हुने जारी कार्यतालिकामा उल्लेख गरिएको छ । २५ गते बेलुका नै उम्मेदवारको पहिलो नामावली प्रकाशन हुने जनाइएको छ ।

यस्तै २६ गते बिहान ११ बजेसम्ममा उम्मेदवारले मनोनयन फिर्ता लिनसक्नुपर्ने छ । सोही दिन दिउँसो १२ ः १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र मंसिर २७ गते बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा मतदान केन्द्र तोकेको छ ।

उद्घाटन समारोहमा भारतबाट ४ जना विदेशी पाहुँना आउने प्रवक्ता शर्माले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनमा सहभागी हुन भारतीय जनाता पार्टी र भारतीय कांग्रेस पार्टीका प्रतिनिधि आउन लागेका हुन् ।

महाधिवेशनका लागि अन्य तयारी लगभग सकिए पनि संस्थापन समूह र संस्थापनइतर समूहले उम्मेदवार भने अझै टुङ्गो लगाउन सकेका छैनन् ।

संस्थापन समूहतर्फ वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई नै पुनः सभापतिमा अघि बढाउने निश्चित भएको छ । तर संस्थापनइतर समूहले भने अहिलेसम्म कुनै नाम टुङ्गाउन सकेको छैन ।

संस्थापनइतर समूहबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह गरी ४ जना पार्टी सभापतिका आकांक्षी छन् ।

लगातार चार दिनदेखि छलफल गर्दा पनि इतर समूहले सभापतिको साझा उम्मेदवार छनोट गर्न सकेको छैन ।

केही लचिलो देखिएका शंशाक कोइरालाले पनि अहिले सभापतिमा आफ्नो दाबी रहेको बताएका छन् । बरिष्ठ नेता पौडेलको नाममा सहमति भए बाधक नबन्ने बताएका शशांकले पौडेलको नाममा सहमति नभएपछि सभापतिमा आफ्नो दाबी यथावत रहेका जनाएका हुन् ।

त्यस्तै शेखर कोइराला र प्रकाशमान सिंहले पनि सभापतिको उम्मेदवारीबाट पछि हट्ने संकेत देखाएका छैनन् । उनीहरुले पनि सभापतिमा आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् ।

अन्य पदाधिकारी चयनको विषयमा पनि दुबै पक्षले हालसम्म कुनै टुङ्गो लगाएको अवस्था छैन ।

कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । एक कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुनेछन् । १५ पदाधिकारीसहित महाधिवेशनले १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ भने ३३ जना निर्वाचित सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

दुई पक्षको सेन्टर बनेका सिटौला दुवै पक्षको नाडी छाम्दैँ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला यतिवेता देउवा र पौडेल पक्षका सेन्टर बनेका छन् ।

सिटौलालाई आफ्नो पक्षमा लिन सकियो भने १४ औँ महाधिवेशमा पार्टी सभापति आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने विश्वस लिएका देउवा र पौडेलले पक्षले सिटौलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।

मौकामा चौका हान्दै सिटौलाले पनि देउवा र पौडेल पक्षको नाँडी छामिरहेका छन् ।

बिहीबार गौशलास्थित विश्वास कम्प्लेक्समा आफू पक्षीय नेताहरुसँग छलफल गर्दै नोमिनेसन अगाडि मात्र सभापति र अन्य पदाधिकारीबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

चुनाव रणनीतिक विषय भएको भन्दै उनले आफूलाई अभाव र संकटमा सहयोग गर्नेको साथ नछोड्ने बताए ।

२५ गते नोमिनेसन हुनुभन्दा अगाडि मात्रै बोल्ने उनको भनाइ छ । पार्टीमा आफूसँग जोडिएका साथीहरूलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले महाधिवेशनमा कसलाई सघाउने–नसघाउने वा आफैं उम्मेदवार बन्ने भन्नेबारे स्पष्ट पारेनन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : ४८ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका