विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, १ लाख ८ हजार सिकिस्त « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, १ लाख ८ हजार सिकिस्त


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो ।

आइतबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ । यसमध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ५० हजारभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४४ लाख ५० हजार नाघेको छ ।

अहिलेसम्म १९ लाख ३३ हजार ५७५ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

कुल संक्रमितको २६.२८ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ३६ लाख ७० हजार ३४६ छ । यसमध्ये १ लाख ८ हजार ५२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड २६ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ८१ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्राप्त विवरणअनुसार बेलायतमा पहिलो पटक देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरसको उद्भव भनिएको चीनमा पनि देखिएको छ । फ्रान्स, अमेरिका, भारतमा पनि नयाँ प्रजातिको भाइरस पुष्टि भएपछि फेरि कडिकडाउ गरिएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ३४ बजे

करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि