विमान दुर्घटनाः इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे « Khabarhub

विमान दुर्घटनाः इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् ।

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए ।

जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको अनुसन्धानबाट खुलेको थियो ।

इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार, सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए । विमानको भ्वाइस तथा डाटा रेकर्डर भने फेला परेको छैन ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गहिरो समवेदना व्यक्त गरेका छन् । विमानमा सवार सबै व्यक्ति इन्डोनेसियाली रहेका थिए जसमा १० जना बालबालिका पनि थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ३ : ४२ बजे

रुपन्देहीमा निर्वाचनको तयारी पूरा

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत

मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त

काठमाडौं– मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन