लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छाड्छौं: प्रधानमन्त्री ओली « Khabarhub

लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छाड्छौं: प्रधानमन्त्री ओली


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सीमाना मिचेका नेपालका क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छोड्ने बताएका छन् ।

उनले आइतवार राष्ट्रिय सभामा बोल्दै १ सय ४६ वर्षदेखि हामीले उपभोग गर्दै आएको जग्गा नेपालले कायम गरेरै छाड्ने बताएका हुन् ।

सुगौली सन्धिपछि नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्साबाट गायब पारिए पनि आफ्नै नेतृत्वको सरकारले उक्त भू–भागलाई संविधान र निशान छापमा समावेश गराएको पनि ओलीले बताए ।

साथै उनले ती भारतले हडपेका भूभागलाई नक्सामा छाप्दा कतिपयलाई छटपटी भएको पनि दाबी गरे ।

‘हाम्रो खेतको शीरैबाटै भारतमा पानी लगिएको छ, हाम्रो खेत बाँझै हुन्छ,’ यसबारेमा भारतसँग भेट गर्दा भारतसँग नजिकिएको भनिन्छ, प्रधानमन्त्री ओलीले भने, ‘सीमासम्बन्धी समस्या छ भने हामीले खुला छलफल गर्नुपर्छ, हामीले भारतसँग भनाइहरू राख्नुपर्छ, त्यसैले भारतसँग छलफल हुन्छ ।’

उनले कसैले सरकार ढाल्नुपर्ने उचित कारण भए त्यो बताउन पनि चेतावनी दिए । आफूले देशको हितमा काम गर्दा कतिपयले आफ्नोविरुद्ध कदम चालेकाले संसद विघटन गर्नुपरेको ओलीको दाबी थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ४५ बजे

सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट

काठमाडौं – सर्लाही निर्वाचन क्षेत्र नं ४ को एउटा मतदान

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान

काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले

दीपक प्रकाश भट्टले गरे मतदान

काठमाडौं– दीपक प्रकाश भट्टले प्रतिनिधिसभा निर्वाचनका अवसरमा मतदातालाई मतदानमा सहभागी

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ : विश्वप्रकाश शर्मा

झापा – नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल