यस्ता छन् कुकुरसम्बन्धि केही रोचक तथ्य « Khabarhub

यस्ता छन् कुकुरसम्बन्धि केही रोचक तथ्य


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ । पाणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेडस् मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् ।

‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेडसले कुकुरमाथि अहिलेसम्मको गहिरो अध्ययन गरेका छन्ः

ब्वाँसोको टाढाको वंशजः कुकर ब्वाँसाको वंशज पनि हो । तर उक्त वंशज हजारौं साल पहिले लोप भएको थियो । अमेरिका र युरोपमा अहिले पनि ब्वाँसो पाइने गर्छ । ऊ कुकुरको दोस्रो छिमेकी हो । यी ब्वाँसाको डीएनएमा कुकुरको डीएनएन ९९ प्रतिशत मेल खान्छ ।

जात फरक भएर पनि समानताः कुकुरका कैयन् आकार र जात छन् । यति प्रजाति त अरु जंगली जनावर या पाल्तु जनावरका पनि छैनन् ।

तर, कुकुरको शारीरिक विविधताको पनि एउटा सीमा छ । सबैभन्दा छोटो आकारको चिवावादेखि लिएर ठूलो कुकुर ग्रेट डेनको शारीरिक संरचना उस्तै हुन्छ । जस्तो कि, उनका पुर्खा ब्वाँसोको थियो ।

कुकुरको सुँघ्ने क्षमता किन तेज हुन्छ ?

कुकुरको कमालको सुँघ्ने क्षमता हुन्छ । जेकबसन या वोमेरोनेजल नामको अंगका कारण उसले सुँघ्न सक्छ । यो कुकुरको नाक र मुखको माथिल्लो भागमा हुने गर्छ ।

वैज्ञानिकले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् कि यो अंग किन हुन्छ? तर बिरालो र अन्य जनावरमाथिको अध्ययनले के बताउँछ भने शायद यो क्षमता कुकुरसँग यसकारण हुन्छ कि, अरु कुकुरले छोडेको संकेतलाई पहिचान गर्न सकून् ।

कुकुरले देख्छ कस्तो ?

कहिलेकाहीँ तपाईंलाई लाग्न सक्छ कि, कुकुरले कस्तो देख्छरु कुकुरले हरियो, पहेँलो, र नीलो रंग त पत्ता लगाउन सक्छ तर कुकुरले रातो रंग भने पहिचान गर्न सक्दैन । यो रंगलाई कुकुरले फरक देख्ने गर्छ ।

कुकुर मुस्कुराउँछ

कुकुर मुस्कुराउँछ पनि । हामी जसरी मुस्कुराउँछौँ, त्यसरी नमुस्कुराए पनि जोन ब्रेडसका अनुसार कुकुर आफ्नो मालिकसँग थोरै माया पाउनका लागि मुस्कुराउने गर्छ । कुकुरले आफू खुशी छु भनेर देखाउनलाई पनि मुस्कुराउने अध्ययनबाट देखिएको छ ।

कुकुरलाई कुनै पछुतो हुँदैन

कुकुरलाई यो कुराको फिलिङस् हुँदैन कि, आफूले केही गलत गरेँ । तर धेरैलाई के लाग्छ भने कुकुरले आफ्नो गल्तीलाई फिल पनि गर्न सक्छ ।

कतिलाई त लाग्छ कि, कुकुरले गिल्टी फिल पनि गर्छ । तरु विज्ञानका अनुुसार कुकुरले उक्त समय शारीरिक हाउभाउका कारण प्रतिक्रिया दिन्छ तर उसलाई फिलिङस हुँदैन ।

अपरोध बोध खासमा एउटा भावना हुन्छ, जुन कुकुरले सम्झिन सक्दैन । ऊ गिल्टी फिलमा हुनुको कारण चाहिँ आफूलाई सजाय मिल्छ कि भन्ने भयले गर्दा त्यस्तो हाउभाउ बनाउँछ ।

सहारा चाहिएको हुन्छ

मान्छेसँग भावनात्मक सम्बन्धः निकै धेरै स्तनधारी जीव, प्रेम, डर, बेचैनी र खुशीजस्ता कुराको महसूस गर्न सक्छन् ।

अझ कुकुरले त मान्छेका लागि अरु पनि भावनात्मक प्रतिक्रिया दिने गर्छन् । धेरैलाई लाग्ने गर्छ कि, कुकुरले सबैलाई माया गर्छन् । तर, वैज्ञानिकका अनुसार कुकुरको व्यवहार यसले कति माया गर्छ भन्नेसँग निर्भर हुन्छ ।

एमरी युनिभर्सिटीका प्रोफेसर प्रेगरी बन्र्सले कुकुरलाई एमआरआईका दौरान स्थिर खडा हुनका लागि तालीम दिए । यो बुझ्नका लागि कि, मालिकलाई देख्दा कुकुरले दिमागमा कस्तो प्रतिक्रिया देखाउँछ । त्यतिबेला बुझियो, कुकुरले मान्छेको बोडी ल्याङ्ग्वेज चिम्पान्जीले भन्दा बढी बुझिरहेको हुन्छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १२ : ०८ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा