बाइडेनको सपथ कार्यक्रममा उपराष्ट्रपति पेन्स सहभागी हुँदै, ट्रम्पले बहिस्कार गर्ने | Khabarhub Khabarhub

बाइडेनको सपथ कार्यक्रममा उपराष्ट्रपति पेन्स सहभागी हुँदै, ट्रम्पले बहिस्कार गर्ने


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका छन् ।

राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्न थालेका छन् । उनले नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका थिए ।

बाइडेनको विजयलाई रोक्ने गरी कंग्रेसमा राष्ट्रपति ट्रम्पका समर्थकले आक्रमण समेत गरेका थिए । यस घटनामा संसद भवनभित्र र बाहिर गरी पाँच जनाको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्रेट पार्टीले राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने तयारी गरिरहेका छन् ।

तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्रेटले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने चेतावनी दिइसकेका छन् ।

यद्यपी यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिएका छैनन्, तर विभिन्न संचार माध्यमले उपराष्ट्रपति पेन्सले अमेरिकी इतिहासमै हालसम्म प्रयोग नभएको संविधानको त्यस प्रावधानलाई प्रयोग नगर्ने बताएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : ३५ बजे

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र