राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्छ : पूर्व राजा शाह « Khabarhub

राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्छ : पूर्व राजा शाह


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् ।

पृथ्वीनारायण शाहको २९९ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने जनाएका छन् ।

यसैमा पृथ्वी जयन्तीको सार्थकता रहेने उनले विश्वास लिएका छन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ “नेपाल निर्माता तथा नेपाली एकताका प्रतिक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मौसूफप्रति श्रद्धास्मरण गर्दै हामी समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौँ  ।”

राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हीतलाइ केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूिमका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको उनले शुभकामना सन्देशमा भनेका छन् ।

उलने आफूहरुको निम्ति देश र जनता नै सर्वोपरी रहँदै आएको जनाएका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, “हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहीत अनुकूल छ, त्यसको समीक्षा हुन अब विलम्व भइसकेको छ ।”

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : ५१ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने