पृथ्वीनारायण शाह गर्व गर्न लायक अभिभावक : पर्यटनमन्त्री ढकाल (भिडियोसहित) « Khabarhub

पृथ्वीनारायण शाह गर्व गर्न लायक अभिभावक : पर्यटनमन्त्री ढकाल (भिडियोसहित)


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताएका छन ।

पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ का अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा मन्त्री ढकालले पृथ्वीनारायणको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने उल्लेख गरे ।

मन्त्री ढकालले राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गरिनुपर्ने पनि खाँचो औँल्याए ।

उनले भने, “सच्चा नेपाली भएर सम्झने हो भने गर्व गर्न लायक अभिभावक भनेकै पृथ्वीनारायण शाह हुनुहुन्छ, उहाँको योगदानलाई भुल्न हुँदैन । पृथ्वीनारायणले आधुनिक नेपाल निर्माणमा अभिभावकीय भूमिका निर्वाह गरेकैले आम नेपाली र राष्ट्रले सदासर्वदा सम्झिनेछ र सम्झिरहेको छ ।”

हेरौँ भिडियो

सत्ता स्वार्थका लागि विखण्डन गर्नु हुँदैन, राष्ट्र रहे मात्रै सबै चीज रहन्छ भन्ने पृथ्वीनारायणको आदर्श र अभिभाज्य दृढतालाई आजको सन्दर्भमा पनि आत्मसात् गरेर अघि बढ्न सकेको खण्डमा मुलुकमा स्थायित्व कायम हुने उनको भनाइ छ । पर्यटन मन्त्री ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएका पुरातात्विक सम्पदा र स्थललाई जोडेर सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले एक विकास समिति गठन गरी प्रवद्र्धन गरिने जानकारी दिए ।

मन्त्री ढकालले केही दिनअघि पृथ्वीनारायण शाहसँग जोडिएका नुवाकोटको देवीघाट, पृथ्वीनारायणको समाधिस्थल, सालिक रहेको स्थल तथा नुवाकोट दरबार क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका थिए ।

उनले राष्ट्रनिर्माण गर्ने अग्रज अभिभावकको योगदानलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै यस कार्यमा प्रष्ठिानलगायत संस्था र अभियन्ताको सहकार्य जरुरी भएको बताए ।

मन्त्री ढकालले युगान्तकारी राजतन्त्रको सहमतिका साथ अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर नयाँ संविधान बनेको सन्दर्भमा संविधानमा हिन्दू धर्ममाथि चित्त दुखाइए पनि धर्मप्रति कुनै अन्योल र द्विविधा नरहेको उल्लेख गरे ।

उनले भने, “संविधानमा हिन्दू धर्ममाथि अतिक्रमण भयो भन्ने बुझाइ गलत हो । सार्वभौमसत्ता सम्पन्न संविधानसभाले निर्माण गरेको संविधानलाई एकपटक पढियो भने कुनै अन्योल रहने छैन । राज्य धर्मनिरपेक्ष हुन्छ, व्यक्तिको धार्मिक स्वतन्त्रताको राज्यले जिम्मा लिन्छ । संविधानमै प्राचीन परम्परागत ढङ्गले चलेका सनातन धर्मको राज्यले नै संरक्षण गर्छ भनेको छ । बलजफ्ती धर्म परिवर्तनलाई भने दण्डित गरेको छ । त्यसैले संविधान र कानूनले परम्परागत धर्म कर्मलाई बर्खिलाप गरेको छैन ।”

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ५४ बजे

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल