पूर्वप्रधानन्याधीशलाई धम्क्याउने कार्य रोक्न 'दाहाल-नेपाल' समूहद्वारा ओलीलाई चेतावनी (भिडियोसहित)  | Khabarhub Khabarhub

पूर्वप्रधानन्याधीशलाई धम्क्याउने कार्य रोक्न ‘दाहाल-नेपाल’ समूहद्वारा ओलीलाई चेतावनी (भिडियोसहित) 


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले चार पूर्वप्रधानन्याधीशहरुलाई धम्याउने कार्य तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ ।

चार पूर्वन्यायाधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको दाहाल–नेपाल समूहको बैठकले निष्कर्ष निकालेको छ ।

पेरिसिडाडामा आइतबार बसेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सचिवालय बैठकले संसद विघटनको विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै भर्त्सना समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उनले जानकारी दिए ।

हेरौँ भिडियो

सचिवालय बैठकले प्रधानमन्त्री ओलीले केही समययता प्रदर्शन गरेको चरित्रलाई अधिनायकवादी र निरंकुश रहेको निष्कर्षसहित त्यसप्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्र अधिनायकवादी र निरंकुश चरित्रको रुपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिलाई यसप्रकारको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय समेत गरेको उहाले बताउनुभयो ।

बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले संघर्षको कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको छ ।  श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताए

प्रचण्डको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको उनले जानकारी दिएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : २७ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते