विद्रोहीको अध्यक्षतामा पत्रकार मञ्चको नयाँ नेतृत्व चयन « Khabarhub

विद्रोहीको अध्यक्षतामा पत्रकार मञ्चको नयाँ नेतृत्व चयन


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

पुष २५ गते भर्चुअल माध्यमबाट सम्पन्न उद्घाटन, प्रतिवेदन प्रस्तुति र चुनावी सत्र भएको थियो । आज सीमित व्यक्तिहरुको भौतिक उपस्थितिमा निर्वाचन कार्यक्रम भएको थियो ।

महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुयाँल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिका रुपमा महासचिव रमेश बिष्ट सहभागी थिए । त्यस क्रममा बोल्दै उनले पछिल्लो समय लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताउँदै यस समयमा नेपाली पत्रकारिता चनाखो हुनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ३३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर