कोरोना फैलिएपछि बन्द भएका चलचित्र हल खुलाउने सरकारको निर्णय  « Khabarhub

कोरोना फैलिएपछि बन्द भएका चलचित्र हल खुलाउने सरकारको निर्णय 


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले मुलुकमा कोरोना भाइरसको महामारी फैलिन थालेपछि गत चैतबाट बन्द गरिएका चलचित्र हल खुलाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

गत चैत ७ गतेबाट चलचित्र हल बन्द हुँदा सो क्षेत्रमा आवद्धहरु मारमा परेका छन् ।

आज बिहान मात्रै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नायक शिव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिनेमा हल खोल्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ४३ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ