मर्स्याङ्दी नदीमा खस्यो ट्रक « Khabarhub

मर्स्याङ्दी नदीमा खस्यो ट्रक


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बेँसीशहर –चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ जगतबाट मालवाहक ट्रक मर्स्याङ्दी नदीमा खसेको छ ।

बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रकको ब्रेक फेल हुँदा नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सडकबाट करीब सात सय मिटर तल नदीको बीच भागमा ट्रक अड्किएको जानकारी दिए ।

उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको तथा पूर्ण रुपमा क्षति भएको उनले बताए ।

उनका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ५२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल