घुस नलिने १८ ट्राफिक प्रहरी सम्मानित « Khabarhub

घुस नलिने १८ ट्राफिक प्रहरी सम्मानित


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ सवारी चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने उनीहरुसहित ५३ ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान भइसकेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई निगरानी गर्न आजदेखि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ सञ्चालन गरेको छ ।

उपत्यकाको व्यस्त सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न ‘ट्राफिक सर्भिलेन्स भेइकल’ प्रभावकारी हुने महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख भट्टराईले सो सर्भिलेन्स भ्यानको छतमा जडित सिसी टिभी क्यामराले करीब २०० मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिए ।

सवारीसाधनको चाप हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङ्घन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उहाँले बताए ।

भ्यानमा खटिने पाँच ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिलाई भिडियो तथा फोटोमार्फत निगरानी गर्ने छन् । यसले ट्राफिक व्यवस्थापनमा र चालकलाई प्रमाणसहित कारबाही गर्न तथा थप सचेत गराउने महाशाखाको विश्वास छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : २० बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री