पाँचतला माथिबाट खस्दा मजदुरको ज्यान गयो « Khabarhub

पाँचतला माथिबाट खस्दा मजदुरको ज्यान गयो


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आज एक मजदुरको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार स्थानीयवासी सुनिल थिमिको निर्माण भइरहेको घरको गारो लगाउने क्रममा पाँचतला माथिबाट खसेर भुइँतलामा बजारिँदा गम्भीर घाइते मगरको डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको हो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ५३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र