छ दशक लामो सुकुम्वासी आन्दोलनले अब सार्थकता पाउँछ : मन्त्री अर्याल « Khabarhub

छ दशक लामो सुकुम्वासी आन्दोलनले अब सार्थकता पाउँछ : मन्त्री अर्याल


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन दिएकी छिन ।

मन्त्री अर्यालले आज वालिङमा भूमिसम्बन्धी समस्या समाधान आयोगद्वारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रममा असार मसान्तभित्रै जिल्लाका सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन दिएकी हुन ।

उनले भूमिहीनहरुको छ दशक लामो अन्दोलनलाई सार्थकता दिन सरकार कटिबद्ध भएर अगाडि बढेको बताए ।

मन्त्री अर्यालले भने, “कोही भूमिहीन हुने र कोही भूमिको मालिक हुने यो विभेदपूर्ण छ, सबै भूमिको मालिक हुनुपर्छ ।”

पहिलो चरणमा सात पालिका र बाँकी जिल्ला तथा तहहरुमा दोस्रो चरणमा गरी चरणबद्धरूपमा कार्यक्रम गर्नका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको मन्त्री अर्यालको भनाइ थियो ।

अड्चालीस जिल्लाका पालिकामा पहिलो चरणमा भूमिको समस्या समाधान गरी सामाजिक न्याय स्थापित गर्नका लागि सरकारले कानून निर्माण गरेर संचरना निर्माण गरी स्थानीय तहमा सर्वेक्षण रेकर्ड व्यवस्थित राख्न सफ्टवेयरको प्रयोग गरिएको मन्त्री अर्यालले बताइन ।

सुकुम्वासी र भूमिहीनको व्यवस्थापनबिना वैज्ञानिक भूमि व्यवस्थापन हुन नसक्ने भन्दै पीडामा भएका आफ्ना नागरिकलाई उचित व्यवस्थापन गर्न स्थानीय तहलाई मन्त्री अर्यालले आग्रह गरिन ।

आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहले सङ्घ र प्रेदशसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री अर्यालको जोड दिइन ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १० : १० बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले