भारतमा कोभिड–१९ विरूद्धको खोप लगाएका ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट « Khabarhub

भारतमा कोभिड–१९ विरूद्धको खोप लगाएका ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोभिड–१९ खोप लगाइसकेका ९७ प्रतिशतभन्दा बढी व्यक्तिहरूले खोपप्रति सन्तुष्ट रहेको जनाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले कोभिड–१९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्याङ्क मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको बताएका छन् ।

उनले भने, ‘आरएएसबाट प्राप्त तथ्याङ्कमा ९७ प्रतिशतभन्दा बढी व्यक्तिको अनुभव सकारात्मक रहेको पाइएको छ ।’

कोविन प्रतिक्रिया प्रणाली कोभिड–१९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो । भूषणले भने, ‘एपमार्फत् प्रतिक्रिया सङ्कलन प्रक्रिया सन् २०२१ को जनवरी १७ मा शुरू भएको हो ।

उनले भने, ‘खोपको लाभ लिएका सबै व्यक्तिलाई निजी एसएमएस पठाइएको थियो । एसएमएसमा व्यक्तिको नाम, डोज (पहिलो र दोस्रो), र प्रतिक्रियाको लागि अनुरोध गरिएको । प्रयोगकर्ताले खोप लिएपछि उनीहरूलाई एपमार्फत पाँच प्रश्नहरू सोधिएको थियो । जवाफका आधारमा नतिजा सार्वजनिक गरिएको हो ।’

नतिजाबारे स्वास्थ्य नीति आयोगका सदस्य डाक्टर विके पाउलले भने, ‘उनीहरू निर्धक्क भई भन्न सक्छन् कि खोप कार्यक्रम लागू गर्ने रणनीति र खोप अभियानको अनुभव सन्तोषजनक आएको छ ।’

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ३९ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको