एनआरएनए कुवेतद्वारा ६ नेपाली बिरामीको उद्धार « Khabarhub

एनआरएनए कुवेतद्वारा ६ नेपाली बिरामीको उद्धार


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले ६ नेपाली बिरामीलाई उद्धार गरि स्वदेश पठाएको छ ।

दुवै मृगौला फेल भएकी सिन्धुपाल्चोककी तारा भण्डारी, सवारी दुर्घटनामा परि उपचाररत स्याङ्जाका दिल्लिराम पाठक, खुट्टामा घाउ भएर काम गर्न नसकेका सिन्धुलीका प्रकाश आले, बर्दियाका चित्रबहादुर राना मगर, सरस्वती पाठक र राज पौडेललाई उद्धार गरि स्वदेश पठाईएको संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

उनीहरुलाई निशुल्क हवाइ टिकट र पिसिआर परीक्षण गरेर जजिरा एयरवेजको उडान मार्फत स्वदेश पठाईएको अध्यक्ष केसीले बताए ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतका अध्यक्ष केसी ९४४७१२२२ र महासचिव दिलकुमार पाख्रीनलाई ९७५५७३१३ मा सम्पर्क गर्न सकिने एनआरएनले जनाएको छ ।

अहिलेसम्म संघले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित २६ नेपालीको उद्धार गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : १० बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न