‘वाफल्स प्लस मोची’मा मिसेल ओबामा « Khabarhub

‘वाफल्स प्लस मोची’मा मिसेल ओबामा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स(एजेन्सी)– पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामाले नेटफ्लिक्स सिरिज ‘वाफल्स प्लस मोची’मा अभिनय गर्ने भएकी छन् । यो सिरिजमा ओबामाले सुपरमार्केट मालिकको भूमिकामा अभिनय गर्नेछिन् । सिरिजमा ‘द लेण्ड अफ फ्रोजन फुड’का वाफल्स र मोचीको पनि अभिनय हुनेछ । आगामी महिनाबाट प्रसारण हुने यो सिरिजलाई मिसेलले ‘हर्षोल्लासपूर्ण, हृदयस्पर्शी र जादु शो’ भनेकी छन् ।

सिरिजमा मिसेल र उनका पति बाराक ओबामा कार्यकारी निर्माता छन् । ओबामा जोडीले सन् २०१८ मा नेटफ्लिक्ससँग सिरिज र फिल्म निर्माणका लागि सम्झौता गरेका थिए । यो सम्झौताको पहिलो परिणाम सन् २०२० मा आएको उनको अटोबायोग्राफी ‘बिकमिङ’मा आधारित वृत्तचित्र थियो ।

मिसेल ‘वाफल्स प्लस मोची’मा आइसक्रिम खाएर सेफ बन्ने सपना साँचेका दुई पपेटलाई सहयोग गर्ने भूमिकामा देखिनेछिन् । ‘मेरा सन्तान हुर्कदै गर्दा वाफल्स प्लस मोची वरपर भएको भए कति राम्रो हुन्थ्यो । यो कार्यक्रमले पारिवारिक एकतासँगै उनीहरुको अभिभावकलाई दिमागमा दिने शान्तपनलाई देखाउनेछ’, उनले भनेकी छन् । यो सिरिज आगामी मार्च १६ बाट नेटफ्लिक्समा आउनेछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ४५ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न