ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत « Khabarhub

ट्रम्पविरूद्धको महाअभियोग : सुनुवाइ जारी राख्ने पक्षमा सिनेटका बहुमत सदस्यको मत


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सिनेटका बहुमत सदस्यले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइको महाभियोगको सुनुवाइ जारी राख्नु पक्षमा मतदान गरेका छन् ।

सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए।

योसँगै निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगको  सुनुवाइले निरन्तरता पाउने भएको छ ।

सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेको बीबीसीले जनाएको छ । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

अमेरिकी संसदमा भएको आक्रमणका लागि समर्थकहरूलाई ‘उक्साएको’ भन्दै उनीमाथि महाभियोग लगाइएको हो ।

उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : १५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया