नेपाली सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै | Khabarhub Khabarhub

नेपाली सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ ।

सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै यस्तो कार्यक्रम गर्न लागेको हो ।

उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका सैद्धान्तिक र व्यावहारिक आधार तयार पार्ने उद्देश्य कार्यक्रमको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेअनुरूप त्यसमा आधारित सेनाले फागुन २  देखि ५ गते उक्त कार्यक्रम गर्न लागेको हो ।

सेनाका विशिष्ट श्रेणी, रक्षा मन्त्रालय र अरु सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहने उक्त कार्यक्रममा गैरसैनिक विषयविज्ञबीच समेत प्रस्तुतीकरण र छलफल गरी निष्कर्ष निकालिने बताइएको छ ।

सङ्गठनमा विद्यमान पद्धति र प्रणालीलाई सुदृढ गर्दै लैजान र भविष्यमा परिवर्तन व्यवस्थापनको कार्यलाई सम्पादन गर्ने दायित्व भएका भावी पुस्ताको नेतृत्वलाई उक्त प्रक्रियामा हिस्सेदार र जिम्मेवार बनाउँदै  लैजाने उद्देश्यले कार्यक्रम गर्न लागिएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ३० बजे

उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं– उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको

अहिलेको व्यवस्थाले सबैलाई अवसर दिएको छ : मधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको

बजेट २०८१/८२ : सिलिङ मिच्दै प्रतिबद्धता दोहोर्‍याउने बाध्यतामा अर्थमन्त्री

काठमाडौं – दोस्रोपटक अर्थमन्त्री भएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव

नौमती बाजाको रहर लाग्यो बरी लै !

विराटनगर- एक समय भनिन्थ्यो, ‘बाहुनहरूले बाजा छुनै हुँदैन, बिहेमा बाजा

सलामी, गुलामी र मलामी मोह

भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवती भुतुक्कै हुन्थे। तर उनको प्रेम