चैतयता १५ हजार बढीले लिए ‘नो अब्जेक्सन लेटर’ « Khabarhub

चैतयता १५ हजार बढीले लिए ‘नो अब्जेक्सन लेटर’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्षको चैत महीना यता वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिने विद्यार्थीको संख्या १५ हजार नाघेको छ ।

कोभिड–१९ को महामारीका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश पढ्न जान चाहने नयाँ विद्यार्थीलाई केही समय अनुमति पत्र वितरणमा रोक लगाए पनि गत भदौ महीनाबाट पुनः नो अब्जेक्सन लेटर दिन सुरू गरेको थियो ।

गत चैतदेखि माघ २६ गते सोमबारसम्म १५ हजार चार सय जनाले नो अब्जेक्सन लेटर लिएको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ । अहिले दैनिक दुई सय बढीले नो अब्जेक्सन लेटर लिने गरेका छन् ।

वर्षेनी विश्वका विभिन्न एक सय भन्दा बढी देशमा नेपाली विद्यार्थीहरु अध्ययनको लागि जाने गरेको वैदेशिक अध्ययन अनुमति पत्र व्यवस्थापन शाखाका उपसचिव दिलनाथ पुरीले बताए ।

शाखाले उपलब्ध गराएको तथ्याङ्लाई हेर्दा अध्ययनको लागि जापान जान चाहने विद्यार्थीहरुको संख्या धेरै देखिएको छ । चैत ७ गते भएको लकडाउनदेखि माघ २६ गतेसम्म अध्ययनको लागि जापान जान चाहने विद्यार्थीको संख्या ४ हजार ६ सय ३ पुगेको उपसचिव पुरीले बताए ।

जापानपछि धेरै विद्यार्थीहरु अध्ययनको लागि अस्ट्रेलिया जाने इच्छा देखाएको नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्यालाई हेर्दा थाहा हुन्छ ।

अस्ट्रेलियामा अध्ययन गर्न जानको लागि माघ २६ गतेसम्म ३ हजार ३ सय १५ जना विद्यार्थीहरुले अनुमति पत्र लिईसकेका छन् ।

केही वर्षदेखि नेपाली विद्यार्थीको अध्ययन गर्ने प्रमुख गन्तव्य बनेको अस्ट्रेलियामा भने पछिल्लो केही समयदेखि क्रेज घट्दै गएको उपसचिव पुरीले बताए ।

उनले भने, ‘अघिल्लो वर्षभन्दा यो वर्ष अस्ट्रेलिया अध्ययनको लागि जाने विद्यार्थीहरुको संख्या केहीले घटेको छ ।’
अध्ययनको लागि दक्षिण कोरिया, जापान, युके लगायत अन्य देशमा जाने विद्यार्थीका संख्या बढ्दै गएको पनि उनले जानकारी दिए ।

त्यस्तै भारतमा अध्ययनको लागि अनुमतिपत्र लिने विद्यार्थीहरुको संख्या १ हजार ४ सय ४१ रहेको शाखाले जनाएको छ ।

अमेरिकामा ४०३, क्यानडामा ८२२, जर्मनमा २२५, डेनमार्क ११०, थाइल्याण्डमा १२१, युएइ ३८५, बंगलादेश ६२ लगायत विश्वका एक सय देशमा पढ्न जानको लागि हालसम्म १५ हजार बढी विद्यार्थीहरुले अनुमति पत्र लिइसकेका छन् ।

कोभिड–१९ को कारण अस्तव्यस्त बनेको स्वदेशी तथा विदेशी शिक्षा क्षेत्रले पुनः पुरानै लय समात्ने प्रयास गरिरहेको छ ।

महामारीकै कारण केही देशहरुले अध्ययन तथा रोजगारको लागि आउने विद्यार्थी र श्रमिकलाई रोक लगायत पनि विस्तारै ती सबै क्षेत्र चलायामान हुदैँ गएका छन् ।

पछिल्लो समय कोभिड–१९ संक्रमणको जोखिम न्यून बन्दै गएको र भाइरसविरुद्धको खोप बनेकाले शिक्षा लगायत अन्य क्षेत्रहरुले पनि आफ्नो पुरानै लय समात्न थालेका हुन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ११ : ५६ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न