आइटम गीत नगाउने ‘मुन्नी बदनाम’ गायिकाको घोषणा « Khabarhub

आइटम गीत नगाउने ‘मुन्नी बदनाम’ गायिकाको घोषणा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)–बलिउडका आइटम गीत ‘मुन्नी बदनाम हुई’, ‘फेवीकोल से’ र ‘टिंकू जिया’ जस्ता आइटम डान्स नम्बरका गीत गाएर चर्चित बनेकी गायिका ममता शर्माले अबका दिनमा आइटम गीत नगाउने घोषणा गरेकी छन् । उनले आफूले टाइपकास्ट किसिमका गीत गाएकाले अब यस्ता गीतबाट टाढिने जनाएकी हुन् ।

‘मैले महशुस गरेको छु कि म लगभग ५ देखि १० वर्षदेखि टाइपकास्ट गरिरहेको थिएँ । त्यसपछि मानिसहरुलाई म केही अलग पनि गर्न सक्छु भन्ने महशुस भएछ । गायक पनि टाइपकास्ट हुन सक्छन् । यदि तपाईंले मेलो ट्रेक दिनुभयो भने तपाईंले जहिल्यै पनि त्यस्तै गीत गाउनुपर्ने हुन्छ’, उनले भनेकी छन् ।

आइटम डान्सवाला गीत गाउने गायिकाको छवि बचाउनका लागि ममताले हिन्दी फिल्ममा गीत गाउन बन्द गरेकी छन् । आफ्नो बहुमुखी प्रतिभालाई प्रमाणित गर्नका लागि उनले अब रोमान्टिक फ्लेभरका गीत गाउने निर्णय लिएकी छन् ।

‘मैले २०१५ पछि यस्ता आइटम डान्सिङ नम्बरका गीत गाउन बन्द गरेको थिएँ । त्यसपछि मैले अगाडि बढ्न के गर्नुपर्छ भन्ने सोचें । त्यसपछि मैले युट्युब च्यानलका साथ स्वतन्त्र रुपमा गाउन शुरु गरें । अनि ओरिजिनल म्यूजिक(लेबल)ले मलाई सम्पर्क गर्यो र ‘रज रज अंखिया रोया’ गाउन प्रस्ताव गरे । मलाई यो गीत राम्रो र मधुर लाग्यो । किनकी यो केही नयाँ थियो र मलाई मनपरेको पनि थियो ।’ उनले भनेकी छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ४५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको