भूमिगत हुँदै मनोज बाजपेयी | Khabarhub Khabarhub

भूमिगत हुँदै मनोज बाजपेयी


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता मनोज बाजपेयी फिल्ममा आफ्नो भूमिकालाई यथार्थपरक बनाउनका लागि कडा मेहनत गर्छन् । त्यहीकारण आफ्नो भूमिकालाई उत्कृष्ट बनाउन उनी कुनै कसुर बाँकी राख्दैनन् । उनी यतिबेला आफ्नो नयाँ फिल्मको लागि तयारीमा जुटिसकेका छन् । त्यहीकारण सबैजनासँग उनले सम्पर्कविहिन भएर बस्ने योजना बनाइसकेका छन् । मनोज फिल्मको सुटिङ पुरा गरेपछि मात्र सार्वजनिक रुपमा उपस्थित हुने ध्याउन्नमा छन् ।

समाचार अनुसार आफ्नो भिन्न किसिमको भूमिकालाई जीवन्त बनाउन मनोजले हालै फिल्मका कलाकार तथा निर्देशकका साथ १५ दिनको कार्यशालामा सहभागिता जनाएका थिए । फिल्म उद्योगमा ३० वर्षदेखि सम्झनालायक भूमिकामा अभिनय गरिसकेका मनोजले नयाँ फिल्ममा आफ्नो भूमिकाको लागि तयारी गर्न ५० दिन भूमिगत बस्ने निर्णय लिएका छन् । उनले यो समयमा कोहीसँग पनि सम्पर्कमा नरहने उल्लेख गरेका छन् । मनोजको यो फिल्मको निर्देशन कनु बहलले गर्दैछन् ।

कामको कुरा गर्दा मनोज पछिल्लो पटक फातिमा सना शेख र दिलजी दोसांझका साथ फिल्म ‘सूरज पे मंगल भारी’ मा देखिएका थिए । उनी अभिनित वेब सिरिज ‘फेमिली मेन’को सेकेण्ड सिजन चाँडै रिलिज हुँदैछ । यसबाहेक उनी नयाँ फिल्म ‘डायल १००’मा जोडिएका छन् । यो फिल्मको सुटिङ यसै वर्ष हुनेछ ।

-एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १ : ०५ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता