दीपिका बनिन् ‘मस्ट भ्यालुड फीमेल सेलेब’ « Khabarhub

दीपिका बनिन् ‘मस्ट भ्यालुड फीमेल सेलेब’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री दीपिका पादुकोण ‘मस्ट भ्यालुड फीमेल सेलेब’ बनेकी छन् । डफ एण्ड फेल्प्सले जारी गरेको ‘सेलेब्रिटी ब्राण्ड भ्यालुएसन स्टडी २०२०’मा दीपिकाले यो उपलब्धि हासिल गरेकी हुन् ।

समाचारअनुसार दीपिकाको ब्राण्ड भ्यालु ५० दशमलब ४ मिलियन डलर छ । यो सूचीमा दीपिका पछि अभिनेत्री आलिया भट्ट ४८ मिलियन ब्राण्ड भ्यालुका साथ दोस्रो स्थानमा छिन् । उनीहरुको ब्राण्ड भ्यालु अभिनेता सलमान खानको भन्दा बढी छ ।

टेलिकम रेग्युलेटरी अथोरिटी अफ इण्डिया(ट्राई)ले दीपिकालाई सन् २०१९ को सबैभन्दा ‘भरोसा योग्य फीमेल सेलिब्रेटी’को सूचीमा पहिलो स्थानमा राखेको थियो । दीपिकाको सामाजिक सञ्जालमा पनि फ्यान फलोइङ राम्रो छ । उनको इन्स्टाग्राममा २५ मिलियन बढी र ट्विटरमा ३० मिलियन बढी फलोअर्स छन् ।

पुरुषतर्फको ब्राण्ड भ्यालुमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पहिलो स्थानमा छन् । यो सूचीमा उनले अभिनेता अक्षय कुमार, रणवीर सिंह, शाहरुख खान, सलमान खान र अमिताभ बच्चन जस्ता स्टारलाई पछि पारेका छन् ।
–एजेन्सी

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ३० बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी