प्रजातन्त्र दिवसका कारण सर्यो ‘मिस नेवाः नेपाल’ « Khabarhub

प्रजातन्त्र दिवसका कारण सर्यो ‘मिस नेवाः नेपाल’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ एक साता पछि सरेको छ । आगामी फागुन ७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजकले फिनाले गर्ने तयारी गरे पनि सोहीदिन परेको प्रजातन्त्र दिवसका एक साताका लागि पछाडि सरेको हो ।

नेप्लिज फेशन होमले आयोजना गर्दै आएको १५ औं संस्करणको यो प्रतियोगिता अब फागुन १५ गते हुनेछ । होमकी अध्यक्ष हेमा मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा प्रजातन्त्र दिवस सम्बन्धी कार्यक्रम प्रतिष्ठानमा तोकिएकाले ‘मिस नेवाः नेपाल ११४१’ एकसाता पछि सारिएको बताइन् ।

प्रतियोगिताको शीर्ष उपाधिका लागि १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिष्पर्धामा छन् । नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजना गर्दै आएको छ । होमले नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’ पनि आयोजना गर्दै आएको छ । अध्यक्ष मानन्धरले नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको बताईन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ०० बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी