ओलीले बनाएका दुई मन्त्री आफ्नो पक्षमा फर्किन लागेको अध्यक्ष दाहालको दाबी « Khabarhub

ओलीले बनाएका दुई मन्त्री आफ्नो पक्षमा फर्किन लागेको अध्यक्ष दाहालको दाबी


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रचण्ड– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुई जना मन्त्री आफ्नो पक्षमा फर्किन लागेको दाबी गरेका छन ।

दाहाल–नेपाल समूहले आज गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओली समूह छाडेर मानिसहरु आफ्नो पक्षमा लाम लागेर आएको दाबी गर्दै दुई मन्त्री पनि फर्किने विषयमा कुराकानी भएको बताए ।

उनले प्रतिनिधिसभा विघटनका पक्षमा कोही पनि नरहेको भन्दै ओली समूह छाड्नेको संख्या बढेको बताए ।

उनले भने, ‘प्रतिनिधि सभा विघटनको पक्षमा कोही पनि छैन, केपी ओलीको साथ छोड्नेको लाम लाग्न थालेको छ ।’

उनले दुई मन्त्री फर्किने खुलासा गरे पनि नाम भने लिएका थिएनन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : २३ बजे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन