मुख्यमन्त्री पोख्रेलले भने : एउटै प्रदेशका जनताको सहभागिता कस्तो हुन्छ हेर्न बुटवल आउनू « Khabarhub

मुख्यमन्त्री पोख्रेलले भने : एउटै प्रदेशका जनताको सहभागिता कस्तो हुन्छ हेर्न बुटवल आउनू


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले फागुन १ गते बुटवल हुने सभामा वृहत जनसहभागिता रहने संकेत गरेका छन् ।

उनले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै फागुन १ गतेको सभा हेर्न पत्रकारलाई निमन्त्रणा गरेका छन् ।

दाहाल-नेपाल समूहको विरोध सभामा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘केपीजी देख्नु भयो विरोध कस्तो हुन्छ, सभा कस्तो हुन्छ’ भनेका थिए ।

त्यसैको जवाफस्वरुप दाहाल-नेपाल समूहलाई संकेत गर्दै मुख्यमन्त्री पोखरेलले पत्रकारलाई सम्बोधन गरेर फेसबुकमा लेखेका छन्- ‘देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते वुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरुलाई ।’

मुख्यमन्त्री शंकर पोख्रेलले यस्तो लेखेका छन-

देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते वुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरुलाई ।

Posted by Shankar Pokhrel on Wednesday, 10 February 2021

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ८ : ०६ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी