भागरथी हत्यारा पत्ता लगाउन माग राख्दै सरकारलाई ज्ञापनपत्र « Khabarhub

भागरथी हत्यारा पत्ता लगाउन माग राख्दै सरकारलाई ज्ञापनपत्र


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।

भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

घटना भएको एक हप्ता भइसक्दासमेत हत्यारा सार्वजनिक नगरिनुले आशङ्का पैदा भएको र यथाशीघ्र हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ ।

घटनासम्बन्धी विवरण सार्वजनिक गर्न र हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको स्थानीयवासी भोजराज जोशीले जानकारी दिए ।

कञ्चनपुरकी निर्मला पन्तको जस्तै अनुसन्धान फितलो नहोस् भनेर समयमै सरकारलाई जानकारी गराएको सङ्घर्ष समितिले जनाएको छ ।

दोषीलाई पत्ता लगाई यथाशीघ्र सार्वजनिक नगरिए आफूहरु जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनीसमेत समितिले दिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले दोषी छिट्टै पत्ता लाग्ने बताए ।

यता दोषी पत्ता नलाग्दा हदैसम्मको कारवाही नहुँदासम्म शव नबुझ्ने भागरथीका परिवारले अडान राखेका छन् । चार दिन अगाडि जिल्ला अस्पतालमा परीक्षण गरिएको शवलाई अझै बुझ्न मानेका छैनन् ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

माघ २६ गते सार्वजनिक शव परीक्षणमा भागरथीको बलात्कारपछि हत्या गरेको उल्लेख गरिएको छ ।

निर्मलाको जस्तै भागरथीका हत्यारा पत्ता नलाग्ने हो कि भन्ने आशङ्का पैदा भइरहेका बेला प्रहरीले भने सफलता नजिक पुगेको जनाएको छ ।

सुक्ष्म अनुसन्धान र अध्ययन भइरहेकाले सफलता नजिक पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“विभिन्न कोणबाट अध्ययन, अनुसन्धान गरिरहेका छौँ, छिट्टै सफलता प्राप्त गर्छौं”, उनले भने, “अनुसन्धान साँघुरिँदै गएको छ, हामी सफलताको एकदमै नजिक छौँ, अहिले नै सबै कुरा भन्न मिल्दैन ।”

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ११ : ०५ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी