रिदम नयाँ ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल’ « Khabarhub

रिदम नयाँ ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल’


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काजी प्रोडक्सनले आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२१’ को उपाधि रिदम घिसिङले जितेकी छन् ।

उपाधिसँगै घिसिङले दुबईमा आयोजना हुने ‘मिस ग्लोबल इन्टरनेसनल–२०२१’ मा नेपालको प्रतिनिधित्वको अवसर पाएकी छन् ।

प्रतियोगितामा आलोका जोशी ‘फस्ट रनर अप’ र पलिस्था शाक्य ‘सेकेण्ड रनर अप भईन ।

सागरिका श्रेष्ठले सञ्चालन गरेको प्रतियोगिताको निर्णायकमा ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल’की नेशनल डिरेक्टर मनीषा डंगोल श्रेष्ठ, सौन्दर्य व्यवसायी रुश्का श्रेष्ठ, ‘मिस कोस्मोपोलिटियन २०१९’ प्रिया रानी लामा, गायिका, संगीतकार तथा रचनाकार अश्रा कुँवर, राईनो नेपाल लेदर क्राफ्ट निर्देशक एलिशा शाह र ‘मिस्टर नेपाल २०१९’ तथा ‘मिस्टर सुपरनेशनल नेपाल २०२१’ सन्तोष उपाध्याय रहेका थिए ।

त्रिलोकविक्रम थापाको संयोजनमा आयोजित प्रतियोगिताको कोरियोग्राफी सुमन खड्का र एसिस्टेन्ट कोरियोग्राफी वर्षा भण्डारीले गरेका थिए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक सुशान्तकाजी श्रेष्ठले सौन्दर्य प्रतियोगितामार्फत अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ४५ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि