‘आर्मी गट ट्यालेण्ट’ विजेतालाई पुरस्कार « Khabarhub

‘आर्मी गट ट्यालेण्ट’ विजेतालाई पुरस्कार


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सञ्चालन गरेको ‘आर्मी गट ट्यालेण्ट–२०७७’मा विभिन्न पृतना तथा त्यसअन्तरगतका युनिटका सहभागीहरु विजयी भएका छन् ।

नेपाली सेनामा रहेका प्रतिभाको पहिचान तथा उनीहरुलाई प्रेरणा दिने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतको युनिटहरुबाट छानिएका २६ जनामध्ये १४ जना निर्णायक प्रतिष्पर्धी थिए ।

जसअन्तर्गत वाद्यवादन विधामा केशव मगर र थोमबहादुर गुरुङ, मूर्तिकला विधामा कौसीबहादुर बुढा, हेण्ड स्टेण्ड विधामा हरिचन्द्र गिरी, नृत्य कलामा कृष्ण श्रेष्ठ, सन्तुलन कलामा नितराज खतिवडा र पेन्टिङ विधामा खरुराम थापा मगर विजयी भए ।

विजेतालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । उनीहरुले जनही ५० हजार रुपैंयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  २ : २५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी