‘आर्मी गट ट्यालेण्ट’ विजेतालाई पुरस्कार « Khabarhub

‘आर्मी गट ट्यालेण्ट’ विजेतालाई पुरस्कार


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सञ्चालन गरेको ‘आर्मी गट ट्यालेण्ट–२०७७’मा विभिन्न पृतना तथा त्यसअन्तरगतका युनिटका सहभागीहरु विजयी भएका छन् ।

नेपाली सेनामा रहेका प्रतिभाको पहिचान तथा उनीहरुलाई प्रेरणा दिने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतको युनिटहरुबाट छानिएका २६ जनामध्ये १४ जना निर्णायक प्रतिष्पर्धी थिए ।

जसअन्तर्गत वाद्यवादन विधामा केशव मगर र थोमबहादुर गुरुङ, मूर्तिकला विधामा कौसीबहादुर बुढा, हेण्ड स्टेण्ड विधामा हरिचन्द्र गिरी, नृत्य कलामा कृष्ण श्रेष्ठ, सन्तुलन कलामा नितराज खतिवडा र पेन्टिङ विधामा खरुराम थापा मगर विजयी भए ।

विजेतालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । उनीहरुले जनही ५० हजार रुपैंयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  २ : २५ बजे

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य