यस्तो बन्दैछ काष्ठमण्डप (फोटो फिचर) « Khabarhub

यस्तो बन्दैछ काष्ठमण्डप (फोटो फिचर)

काठको अभावले काष्ठमण्डप पुनर्निर्माण हुन अझै ३ महिना लाग्ने



काठमाडौँ– भूकम्पले क्षतिग्रस्त काठमाडौँको हनुमानढोका दरवार क्षेत्रको काष्ठमण्डप पुनर्निर्माण काम सम्पन्न गर्न अझैं ३ महिना लाग्ने भएको छ ।

यसअघि काष्ठमण्डप निर्माण समितिका अध्यक्ष राजेश शाक्यले वैशाख १२ गते भूकम्प गएकै दिन उद्घाटन गर्ने गरी काम भइहेको बताएका थिए ।

यद्यपी समयमै काठको आपूर्ति हुन नसक्दा वैशाख १२ सम्म पुनर्निर्माण सम्पन्न नहुने भएको हो । ‘काठ समयमा नआएकाले वैशाख १२ मा सम्पन्न नहुने भयो’ उनले भने ।

लक्ष्यअनुरुप काम भइरहेको र हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

सम्झौताअनुसार ०७८ असार मसान्तसम्म काष्ठमण्डप सक्नुपर्ने बाध्यता निर्माण समितिलाई छ । सोहीअनुरुप ३ महिना भित्र पुनर्निर्माण सक्ने गरी काम भइरहेको उनले बताए ।

काष्ठमण्डप पुनर्निर्माणमा महोत्तरी, पर्सा, धनगढी, रौतहट लगायतका जिल्लाबाट ल्याइएको सालको काठ प्रयोग भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको माहामारीको समयमा पनि काष्ठमण्डप पुनर्निर्माणमा खासै प्रभाव नपरेको तर प्रायः काठकै समस्याका कारण निर्माण प्रभावित बन्ने गरेको शाक्यले बताए ।

‘कोभिडका समयमा करिब १ महिना काम बन्द भयो’ उनले भने, ‘तर त्यो समयमा पनि काठ अभाव नहुन्जेल काम निरन्तर भइरहेको थियो ।’

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति पुगेको सातौं शताब्दीको काष्ठमण्डप पुनर्निर्माणका लागि विसं २०७५ वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । त्यसपछि साउन १ बाट पुनर्निर्माण थालिएको थियो ।

पुनर्निर्माणका लागि १७ हजार ५८ क्युबिक फिट काठ आवश्यक पर्ने समितिको अनुमान थियो । यद्यपी हालसम्म १० हजार क्युबिक काष्ठमण्डपका लागि प्रयोग भएको छ ।

उनकाअनुसार आवश्यक पर्ने काठमध्ये केही पुराना र नयाँका लागि टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता भइ ल्याइरहेको छ । पुनर्निर्माणका लागि अझैं १ हजार क्युबिक काठ चाहिने उनले बताए ।

काष्ठमण्डप एउटै सालको रुखबाट बनेको किंवदन्ती छ । काष्ठमण्डप पुनर्निर्माणका लागि इटा उद्योगसँग सम्झौता गरी पुरानै साइजको इटा उत्पादन गरेको र उपत्यकाभित्रका विभिन्न स्थानबाट कालो माटो ल्याइ प्रयोग गरिएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि १९ करोड बजेट पुरातत्व विभागले अनुमानित गरेको थिायो । यद्यपी मन्दिर पुनर्निर्माणका लागि हालसम्म साढे १० करोड खर्च भएको छ ।

‘एक पटक ५० लाख र दुई पटक पाँच-पाँच करोड गरी महानगरबाट काष्ठमण्डप पुनर्निर्माणका लागि साढे १० करोड रकम आइसकेको छ’ शाक्यले भने, ‘फागुन मसान्तसम्म ९ करोड ३१ लाख खर्च भइसकेको छ ।’

अहिलेसम्मको लागतका आधारमा करिब १२ करोडमा पुनर्निर्माण सम्पन्न हुने समितिको अनुमान छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ११ : २१ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील