कब्जियतको समस्या हुनेले के के कुरा नखाने ? « Khabarhub

कब्जियतको समस्या हुनेले के के कुरा नखाने ?


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कब्जियत यस्तो समस्या हो जसले अन्य रोगहरुलाई निम्ता दिन्छ । एकपटक कब्जियतको समस्या शुरू भयो भने यो सजिल्यै निको हुँदैन ।

कब्जियतको समस्याबाट हैरान भएकाहरु औषधिको साहारा लिने गर्छन् । तर, कब्जियतको समस्यामा औषधिको सेवन गर्नु राम्रो मानिँदैन । यसले कब्जियतको समस्यामा झनै गडबढी ल्याउँछ । समस्यामा सही खानपान र व्यायाम जस्ता बानीले यसको समस्या पनि कम हुन्छ ।

तर, कब्जियतको समस्या भएकाहरुले केही यस्ता खानेकुरा खानुहुँदैन जसले कब्जियतको समस्या झनै बढाउँछ ।

काँचो केरा
कब्जियतको समस्या हुनेहरुले काँचो केराको सेवन गर्नुहुँदैन । काँचो केराले झनै कब्जियत बढाउँछ । भने, पाकेको केराले कब्जियत कम गराउँछ ।

दूधका परिकार
यदि हरेक दूधबाट बनेका परिकार खाने गरिन्छ भने यस्ता परिकारबाट पनि कब्जियतको समस्या आउँछ ।

तारेको, भुटेको खानेकुरा
तेलमा तारेको वा भुटेको खानेकुरा खाँदा कब्जियतको समस्या धेरै हुन्छ । यस्ता खानेकुरामा फाइबरको मात्रा कम हुने भएकाले कब्जियत झन् बढ्छ । चिप्स, कुकिज, चकलेट र आइसक्रिम जस्ता खानेकुराको कारण कब्जियत झन् बढ्छ ।

रातो मासु
रातो मासुको सेवनले पनि कब्जियत बढाउँछ । यसमा फाइबरको मात्रा कम हुन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : २२ बजे

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली