वियोन्सीसँग दुई भाषामा गीत गाउँदैछु : मदनकृष्ण श्रेष्ठ « Khabarhub

वियोन्सीसँग दुई भाषामा गीत गाउँदैछु : मदनकृष्ण श्रेष्ठ


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— हास्य व्यङ्ग्यका प्रसिद्ध अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले हालै ‘फूल बुट्टे साडी’ बोलको चर्चित गीत गाए । उनले ‘अरबौँ मान्छेहरू’, ‘खोला वारी खोला पारी’ जस्ता कालजयी गीत गाएका छन् ।

‘फूल बुट्टे साडी’ युगान्डाकी गायिका दे क्याप्टेन वियोन्सी फमासीले पनि गाइन् । मदनकृष्ण वियोन्सीको गायन शैलीबाट प्रभावित भए । उनले भेटेरै वियोन्सीलाई बधाई दिए । अब मदनकृष्ण तिनै वियोन्सीसँग साङ्गीतिक सहकार्य गर्ने तयारीमा छन् । यसै विषयमा खबरहबले मदनकृष्णसँग संक्षिप्त कुराकानी गरेको छ ।

वियोन्सीको स्वरमा फूल बुट्टे सारीसुन्दा कस्तो लाग्यो ?

मलाई एकदम राम्रो लाग्यो । फरक देश, फरक भेषभुषा र फरक भाषा भएको मान्छेले यो गीत गाउँदा खुशी नहुने कुरै भएन । अफ्रिकी महादेशको नागरिक भएर पनि उनले यो गीत कुनै शब्द नबिगारीकन राम्रोसँग गाएकी छन् ।

उनको गायकीमा के कुरा मन पर्‍यो ?

उसको स्वर नै मन पर्‍यो । उसलाई हाइ रेन्जमा गाउन गाह्रो रहेछ । उसले हाइ रेञ्जमा दबाएर गाएको छ । त्यति हुँदा हुँदै पनि राम्रो देखियो ।

वियोन्सीसँग सहकार्यको तयारी कसरी भइरहेको छ ?

गीतको तयारी अन्तिम चरणमा छ । गीतमा छोरी सरानाको शब्द र छोरा यमनको सङ्गीत छ ।

तपाईंलाई फुल बुट्टे साडीगाउन के कुराले आकर्षित गर्‍यो ?

यो गीतमा राजनराज सिवाकोटीको शब्द र सङ्गीत छ । उसका सिर्जनाहरू राम्रा हुन्छन् । त्यसमा पनि यो गीत १२ वर्ष अगाडि तयार भएको हो । मार्मिक लामाले गाएपछि अलिकति प्रचारमा आयो । मिलन नेवारले गाएपछि झन प्रचारमा आयो । मैले गाएपछि यसको प्रचारप्रसारमा थप बल पुग्यो ।

तपाईंलाई सबैभन्दा बढी मन परेको आफ्नो गीत कुन हो ?

मलाई सन्तुष्टि दिनेमा ‘अरबौँ मान्छेहरू’, ‘खोला वारी खोला पारी’ लगायतका गीतहरू छन् । फिल्म ‘हाँसी देऊ एक फेर’ मा हरिवंश आचार्यसँग गाएको गीत ‘माया संसार हो’ ले पनि मलाई सन्तुष्टि दिएको छ ।

विदेशी भाषाको कुनै गीत गाउनुभएको अनुभव छ ?

अहिलेसम्म विदेशी भाषाको गीत गाएको छैन । कसैले प्रस्ताव पनि गरेको छैन । वियोन्सीसँग दुई भाषा (अंग्रेजी र नेपाली) मा गीत गाउदैछु ।

अहिलेको पुस्ता गीतको गुणस्तरमा भन्दा पनि ट्रेन्डिङमा बढी विश्वास गर्छन् भनिन्छ । तपाईंको बुझाइमा गीत कस्तो हुनुपर्छ ?

ट्रेण्डिङमा आउनु ठिकै हो । ‘फूल बुट्टे सारी’ मार्मिकले गाए, मिलनले गाइन् । उनीहरूले गाउँदा युट्युब हेर्नेले युट्युबमा हेरे । मैले गाउँदा चाहिँ युट्युबलाई वास्तै नगर्नेले पनि हेरे । बुढाबुढीले पनि हेर्न थाले । वियोन्सीले पनि मलाई ‘तपाईंले गाएको सुनेर मैले गाएको हुँ’ भनिन् ।

तपाईं गायन र अभिनयमा नआउनुभएको भए नि !

गायन र अभिनयमा नआएको भए गाईबस्तु पालेर वा अन्य व्यवसाय गरेर बस्थेँ होला !

कस्ता गीत गाउन मन मनपराउनुहुन्छ ?

मलाई साहित्यिक फ्लेभरको, मिठो शब्दको राम्रो लाग्छ । जुन कालजयी होस्, पछिसम्म टिकिरहोस् । मेरो ‘अरबौँ मान्छेहरू’, ‘खोला वारी खोला पारी’ जस्ता गीतहरू हुनुपर्छ । मौलिक नेपाली स्वादको गीत मनपर्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : ०५ बजे

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ