मेयर कप क्रिकेट : उपाधिका लागि एपीएफ र सुदूरपश्चिम प्रतिस्पर्धामा « Khabarhub

मेयर कप क्रिकेट : उपाधिका लागि एपीएफ र सुदूरपश्चिम प्रतिस्पर्धामा


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको उपाधि भिडन्तमा दिउँसो १ बजे टियु क्रिकेट मैदानमा हुनेछ ।

बलियो टिम एपीएफ सुदूरपश्चिमलाई हराउँदै अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ । एपीएफ लिग चरणमा अपराजित रहदै फाइनल पुगेको टिम हो ।

सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो ।

लिग चरणमा सुदूरपश्चिम एपीएफसँग ३७ रनले पराजित भएको थियो । अन्य खेलमा जित निकालेको थियो ।

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : १३ बजे

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध