मेयर कप क्रिकेट : उपाधिका लागि एपीएफ र सुदूरपश्चिम प्रतिस्पर्धामा « Khabarhub

मेयर कप क्रिकेट : उपाधिका लागि एपीएफ र सुदूरपश्चिम प्रतिस्पर्धामा


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको उपाधि भिडन्तमा दिउँसो १ बजे टियु क्रिकेट मैदानमा हुनेछ ।

बलियो टिम एपीएफ सुदूरपश्चिमलाई हराउँदै अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ । एपीएफ लिग चरणमा अपराजित रहदै फाइनल पुगेको टिम हो ।

सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो ।

लिग चरणमा सुदूरपश्चिम एपीएफसँग ३७ रनले पराजित भएको थियो । अन्य खेलमा जित निकालेको थियो ।

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : १३ बजे

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा