कोरोना संक्रमणको ग्राफ बढ्दो, २४ घण्टामा ३३७ संक्रमित थपिए « Khabarhub

कोरोना संक्रमणको ग्राफ बढ्दो, २४ घण्टामा ३३७ संक्रमित थपिए


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो ४ हजार ७१ नमुनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ । बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ। यस्तै, कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ४ : ५५ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले