लहान विष्फोटमा संलग्न थप एकजना पक्राउ « Khabarhub

लहान विष्फोटमा संलग्न थप एकजना पक्राउ


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका-३ का २० वर्षीय रामजतन मुखिया रहेका छन् । विस्फोट घटनामा संलग्न भई फरार रहेको र खोजतलास गर्ने क्रममा शनिबार लहान-१ स्थित लोकतन्त्र चोकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१ चैतमा भएको विस्फोटको घटनामा संलग्न रहेको आरोपमा यसअघि दुई जना पक्राउ परेका थिए । प्रहरीले सुखिपुर नगरपालिका-५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका-३ का २६ वर्षीय अभिमन्यु गिरीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका रामरिझनको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली तथा अभिमन्युको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसमेत प्रहरीले बरामद गरेको थियो । उनीहरूले विस्फोट आफूहरूले नै गराएको पनि स्वीकार गरिसकेका प्रहरीले जनाएको छ ।

दुई जना पक्राउ गरेको केही दिनपछि घटनाका फरार प्रतिवादी मुखियालाई पनि प्रहरीले पक्राउ हो । उनलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार ११ बजे पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : २० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका