प्रदेश २ प्रमुख डा. अहिराजले गरे गोरखा दरबारको अवलोकन « Khabarhub

प्रदेश २ प्रमुख डा. अहिराजले गरे गोरखा दरबारको अवलोकन


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– सप्ताहव्यापी देशदर्शन अभियानमा रहेका प्रदेश २ प्रमुख डा. राजेश अहिराजले पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरबार संग्रहालयमा रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् ।

मनाङ्ग र मुस्ताङ्गको भ्रमण सकेर प्रदेश प्रमुख अहिराज शनिबार गोरखा पुगेका हुन् । गोरखा भ्रमणको क्रममा उनले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको दरबार भ्रमण गरी शाहको शालिकमा माल्यार्पण गरे । त्यसअघिउनले गोरखकाली भगवती तथा गोरखनाथको पनि पूजाअर्चना गरेका थिए।

प्रदेश प्रमुख अहिराजले माक्र्सवाद, लेनिनवाद, माओवादको मूल आधार पृथ्वीनारायण शाहको दिव्योपदेश भएको चर्चा गरे ।
‘विश्वका ठूल्ठूला नेताहरुले प्रतिपादन गरेका सिद्धान्तभन्दा पनि पृथ्वीनारायण शाहको दिव्योपदेश हाम्रो देशको माटो, हावापानी सुहाउँदो ‘वाद’ भएकाले समुन्नत नेपाल निर्माणका लागि पर्याप्त छ,’उनले भने ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल, प्रहरी प्रमुख एसपी शैलेन्द खनाल, गोरखा दरबारका प्रमुख हरि भुसाल, गोरखा दरबार संग्रहालय प्रमुख नवराज अधिकारी पनि त्यसअवसरमा उपस्थित थिए ।

गोरखाको भ्रमण सकेर उनी नुवाकोट भ्रमणमा गएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : ४७ बजे

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको